गोरखा र बैतडीमा वलात्कार गर्न खोज्ने दुई युवक पक्राउ

Friday, September 14th, 2018

काठमाण्डौ ःगोरखाको सिरान्चोक गाउँपालिका ८ जौबारीस्थित ब्याखर्ककी बोल्न नसक्ने, राम्रोसँग हिँड्डुल गर्न नसक्ने अपांग २४ वर्षीया युवतीलाई गत २६ गते बलात्कार गरेको आरोपमा सोही ठाउँका २१ वर्षका सन्तबहादुर परियारलाई प्रहरिले पक्राउ गरेको छ ।
परियारलाई अहिले जिल्ला प्रहरी कार्यालय गोरखामा राखी अनुसन्धान गरिरहेको छ ।त्यस्तै १६ वर्षीय किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका –४, बस्ने २४ वर्षीय नन्दु जोशी रहेका छन् ।बुधबार शाहिलेक बजारबाट घर फर्किँदै गर्दा दशरथचन्द नगरपालिका –४,की बालिकालाई ठूलीखोला भन्ने ठाँउमा जोशीले जबर्जस्ती करणी गर्न खोजेको पिडित पक्षको भनाई छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest