घटस्थापना र दशैंको टिकाको साइत एउटै समय बिहान १० बजेर३५मिनेटमा

Monday, September 9th, 2019


काठमाडौ ःयसपालीको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको र दशैंको टीकाको साइत भने २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको बताएका छन । त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको उनले बताए । यस्तै, १३ गत्ते सोमबार नेपाली सेनाको झण्डा फेर्ने साइत बिहान १० बजेर २५ मिनेटमा रहेको छ । सेनाले पश्चिम फर्केर झण्डा फेर्दा राम्रो हुने उनको भनाइ छ ।
यसैगरी १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुने गौतमले जानकारी दिए । ८ बजेर ५२ मिनेटमा यात्रा गराइएको तुलजा भवानीको १० बजेर ५ मिनेटमा आशनमा राख्न उपयुक्त हुने समेत बताए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest