चकलेटको प्रलोभनमा पारी ५ बर्षीया बालिका बलात्कार

Tuesday, January 1st, 2019

चकलेटको प्रलोभन देखाई ५ वर्षीय बालिकामाथि बलात्कार भएको छ । पर्साको पकहामैनपुर गाउँपालिका १ मा धोरेमा ५ बर्षकी बालिकामाथि बलात्कार भएको हो । छिमेकी अन्दाजी २० बर्षका देवकुमार पटेलले बालिकाको बलात्कार गरेको आरोप लागेको छ । उनी फरार छन् । आइतबार अपरान्ह बालिका साथीसँगै खेलिरहेको अवस्थामा चकलेट दिन्छु भन्दै फकाएर पटेलले कोठामा लगेर बलात्कार गरेको स्थानीयले बताएका छन् । बालिका चिच्याएपछि अरुले थाहा पाएका थिए ।

पर्साका प्रहरी प्रमुख रेवती ढकालले बालिकालाई छिमेकीले बलात्कार गरेको भनी उजुरी परेकोले उनको खोजी भइरहेको बताए । ‘घटना पछि बालिकालाई नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षणसँगै उपचार गराइएको छ’ उनले भने ‘बालिकाको बलात्कार भएको उजुरी परेको छ । आरोपी फरार छन् । खोजी भइरहेको छ ।’

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest