चर्चित कोरियोग्राफर राज फैंजुको रेडियन्ट इभेन्टको आयोजनामा  फेसन युनाइट्स संपन्न  

Sunday, April 8th, 2018

 

अनुराधा तिमिल्सिना
काठमाडौःरेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा फेसन युनाइट्स संपन्न भएको छ।काठमाडौको त्रिपुरेश्वर स्थित होटल ब्लु–स्टारमा आयोजित भव्य फेसन युनाइट्समा नेपालका व्यावसायिक मोडलहरुको सहभागिता रहेको थियो।

जसमा नेपाली चलचित्रका दुई ग्ल्यामर्स नायिकाहरु शुभेच्छा थापा र एलिजा गौतमले पनि क्याटवाक गरेर सवैको ध्यानाकृष्ट पारेका थिए।
साथमा इन्टरनेशनल कोरियोग्राफर फैंजु आफैपनि व्यावसायिक मोडलहरुका साथमा र्याम्पमा क्याटवाक गर्दा सवैले तारिफ गरेका थिए।

साथै कोरियोग्राफर फैंजु इन्टरनेशनल कोरियोग्राफीको क्रममा भारतको दिल्ली जाने भएका छन्। भारतको ख्यातिप्राप्त फेसन अर्गनाइजेसनले इन्डो–नेपाल कल्चरल एक्सचेन्ज प्रोग्रामको इन्टरनेशनल डाइरेक्टर समेत रहेका छन्।  
साथै रेडियन्ट इभेन्ट म्यानेजमेन्टले आगामी ज्येष्ठ महिनामा समर फेसन–शो समेत गर्ने भएको छ।   अव बर्षमा चारवटा मौसम अनुसारको फेसन–शो गर्ने पनि रेडियन्ट इभेन्ट म्यानेजमेन्टले निर्णय गरेको छ ।

त्यसको साथै बर्षमा ६ वटा व्युटी प्याजेन्ट गर्दैआएको संस्थाले सो कार्यलाई पनि निरन्तरता दिने सस्थाकी म्यानेजिङ डाइरेक्टर श्रीषा बैदार फैंजुले बताएकी छन्।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest