चर्चित गायक दुर्गेश थापालाई पुत्रलाभ

Monday, January 25th, 2021

 काठमाडौंः गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । फेशबुकमा गायक थापाले शिशूको तस्बीर सार्वजनिक गर्दै पुत्रलाभ भएको जानकारी दिएका छन् । उनले ‘नयाँ मान्छेलाइ सुनौलो संसारमा स्वागत छ’ भन्दै फेसबुकमा पोष्ट गरेका छन् ।
चर्चा नभई बिवाह बन्धनमा बाँधिएका दुर्गेश थापा र उनकी पत्नी प्रचिन लामालाई शनिबार पुत्र लाभ भएको हो । आफूहरु बिवाह बन्धनमा बाँधिएको एक बर्ष पूरा भएको भएतापनि सार्वजनिक नगरेको दुर्गेशले प्रतिकृया दिएका छन् ।

यसअघि संचार माध्यमहरुमा प्रेमीका बारे गरिएको प्रश्नमा म्युजिक भिडियो मार्फत सार्वजनिक गर्ने जनाएका थिए । त्यसपछि प्रेमीका खुलाएका दुर्गेशले विवाह भएको बारे खुलाएका थिएनन् । दुर्गेशकी पत्नी प्राचिनले ह्याम्स अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest