चलचित्र ‘गोपी’ को पोष्टरमा विपिन कार्की सँग वर्षा र सुरक्षा पनि

Wednesday, December 12th, 2018


चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ःचलचित्र ‘गोपी’ को पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्त छन् ।दिपेन्द्र लामा निर्दे्शित चलचित्रमा आरेही केसीको लगानी रहेको छ । साथै यस चलचित्रका मुख्य कलाकार विपिन कार्की गाइपालन गर्ने कुषकको भूमिकामा देखिएका छन् । प्रकाश घिमिरे, रमेश अधिकारी, अकिंत खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र सामिप्यराज तिमिल्सिनाको लेखन रहेको छ । गोपी माघ १८ गतेबाट देशभर प्रर्दशन हुदैँछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest