चाडपर्वमा शरिरलाई कसरी मेन्टेन राख्ने

Thursday, October 11th, 2018

पद्मिनी प्रधानाङ्ग
भखरै तीज सकिएको छ ्र लहरै सोह्र श्राद्ध, दशैं, तिहार, छठ, आदि पर्ब आइरहेको छ । चाड पर्व भन्ने बित्तिकै रमाइलो गर्ने, विशेष खाना खाने भन्ने हुन्छ । एक दिनको पर्ब एक महीना अगाडी देखि सुरुवात गरी बढी तडक भडक हुन थालेको पनि छ । पर्ब भन्नाले उहिले समय अनुसार पूजा पाठ गरी मौसम अनुसारको खानपान गरेर शरिरलाई सही मौसम सुहाउँदो बनाउने तयारी वा परिवर्तित मौसममा शरिरलाइ अनुकूल बनाउनको लागि सोही अनुसारको खानपान गरी शरिर स्वस्थ बनाउनु हो । तर आजभोली बिदेशीहरुको देखासिखि र सम्पन्नताको झूठो आडम्बर ओढेर स्थान, मौसम, शारिरिक अबस्था नहेरी जस्तो पायो उस्तो किसिमको खाना अझ भन्ने हो भने माछा, मासु, मदिराको अत्याधिक सेवन गर्ने प्रचलन बढेको छ । जसले गर्दा प्रौढ अवस्थामा लाग्ने रोग बयस्कहरुलाई लाग्न थालेको छ । यस कुरामा गम्भीर भएर सोच्नु पर्ने भएको छ । कतिपय वरिष्ठ नागरिकहरु ९० कटिसक्दा पनि किन तंदुरुस्तका साथ जीवन ब्यतित गरिरहनु भयको छ ? यसको रहस्य के हो भनेर मनन गर्नु पर्छ । त्यसैले हामीले सरल ,स्वस्थ जीवन शैली अपनाउनु पर्दछ ।
पर्बको मौसममा सर्बप्रथम त आफुले ती पर्व कसरी, कहाँ, को सँग, कतिसम्म मनाउने भने सोच्नु पर्छ । कहीँ क्षेत्री बिग्र्यो मोजले नेवार बिग्रीयो भोजलेको उखान चरितार्थ नहोस । हुन त अहिले आएर साम्प्र्रदायिक कुरा गर्न मिल्दैन तर पनि समाज सुधार्ने कार्यको लागि यस्तो उदहारण पनि आबस्यक छ । अब चाड मनाउने क्रममा आफ्नो र आफ्नो परिवारको स्वास्थको ध्यान राख्नु जरुरी छ । पुर्खाले हामीलाई सबै शिकाएर गएका छन् । सोही अनुसार पर्व अनुसारको खान पानमा ध्यान दिएर भोजन गर्नु पर्छ तर हालको जीवन शैली अनुसार ब्यस्त जीवनशैली, स्थानको अभाब,आधुनिकताको प्रभाव, सहज खानाको ब्यवस्था ब्यवसायिकरणले गर्दा घरमा पकाएर भन्दा बाहिर नै रेस्टुरेंट, ब्याक्वेटमा चाड मनाउने प्रचलन बढ्दो छ । कहिले काही त ठीक हो सबै बाहिरको खानाको प्रयोगबाट स्वास्थ्यमा नकारात्मक असर पर्दछ । भखरै मात्र तीजको दर खाएकाहरु कतिपय स्थानमा बिषाक्त खानाले गर्दा बिरामी भएको समाचार सुन्नमा आएको छ । त्यसैले पर्व मनाउँदा सकेसम्म तडकभडक नगरी आफुले समेट्न सक्ने जति वा नबोलाइ नहुने परिवारजन लाई मात्र बोलाएर घरैमा सबै मिलेर मनाउदा छुट्टै आनद मिल्छ र स्वस्थकर खाना खाई शरिर स्वस्थ राख्न सकिन्छ ।
कस्तो खाना खाने भन्दा सर्बप्रथम ५ सेतो पदार्थ (चीनी,नून,सेतो चामल,मैदा,सोडा,) हाम्रो शरिरको निम्ति हानिकारक छ भनेर बुझ्नु पर्छ, ब्यक्तिको उमेर, उचाई, पेशा, लिंग, शारिरिक अवस्था, फूड ह्याबिट अनुसार शक्ति र पोषक तत्वको आबस्यक हुन्छ । हामो शरिरले पनि सोही अनुसारको पाचनरस उत्पादन गर्दछ र पाचनरसले पनि त्यही अनुपातमा खानाबाट पौस्टिक तत्व शोषण गर्छ । खाना बढ़ी र पाचनरसको कमी भएमा पेट गडबडी हुन्छ त्यसैले खाना खाने बेलामा उपयुक्त मात्रामा मात्र खानु पर्छ ।
खाना खाने भनेको नै स्वस्थ शरिरको लागि आवश्यक पौष्टिकता प्राप्त गर्नको लागि हो भन्ने जबसम्म ज्ञान हुदैन अस्वस्थकर खानाको प्रयोग भइनै रहन्छ । भान्छालाई बैद्यखाना सम्झेर सकारात्मक सोच राखेर पकाएको खाना अमृत सरह हुन्छ । बाहिरको खानामा अनेक मरमसाला र तेल बोसो, केमिकलको प्रयोग हुन्छ । आधुनिक जीवनशैलीमा मासु, मदिरा, चिल्लो पदार्थको सेवन ज्यादै नै बढेको छ , यो प्रवृतिले गर्दा आजभोलीको मानिसको आयु छोटीईरहेको छ साथै प्राकृतिक सौन्दर्य पनि घटिरहेको छ । चाडमा चिल्लो, नुनिलो, गुलियो, पिरो,अमिलो,मदिरा बाट बच्नु पर्ने हुन्छ । कार्बोहायड्रेट र प्रोटीनमा प्रति ग्राम ४ केलोरी र फ्याट र अल्कोहोल मा ९ केलोरी प्रतिग्राम प्राप्त हुन्छ । त्यसैले आफ्नो दैनिक आवश्यकता भन्दा बढी कैलोरी उपभोगले मोटाउने हुन्छ । उहिले सवारी साधन नहुँदा हिड्नु पर्थ्यो र मासु, मिठाई खाना पर्ब नै आउनुपर्ने अझ कतिपयको त पेटभरी भात खान समेत हिड्नुपर्दा ज्यादा कैलोरी खर्च हुनेभएकोले घ्यू , बोसो र तेलको प्रयोग ज्यादा हुन्छ । यी चिल्लोपदार्थ को पहँुंच गरीबले कमै मात्रामा हुने भएको र समृद्धिको प्रतिक जस्तै थियो ।
आजभोली यातायातको सुविधा, धेरै काममा मेसिनको प्रयोग, शारीरिक व्यायाम नगन्य जस्तै भएकोले कैलोरीको मात्राको साथै खानामा चिल्लोपदार्थको मात्रा घटाउनु पर्छ । त्यसैले मासु पकाउँदा बोसोरहित, छालारहित प्रयोग गर्ने सकेसम्म उसिनेर कम चिल्लो प्रयोग गरेर पकाउने, पोलेको, भुटेको, ग्रेवी नखाने्र खाना पछि केरा बाहेकका फलफूल मेवा, स्याऊ, अम्बा, भूईकटहर, तरबूजा, खरबूजा आदिको प्रयोग गर्नु पर्छ मासुको परिमाण भन्दा दोब्बर काचो हरियो सलाद जस्तै काक्रो, मूला, जीरिको साग, मूलाको साग, बन्दा, भेडे खुरर्सानी, प्याज, उसीनेको काऊली ,ब्रोकाकाउली, तुशा उम्रेको मेथी केराउ मुगु आदिमा बिरे नुन, मरीचको धूलो छर्केर खानु पर्छ अलीक पुदीनाको पात र लसुनको पोटी, काचो अदुवा पनि खाएमा पचाउन सजिलो हुन्छ । नबिर्सौ मासु धेरै खानाले किड्नी खराब हुन्छ । हेवीखाना संग मदिराजन्य पेयपदार्थ नखादा नै बेश हुन्छ । सकेसम्म हाईकैलोरी खाना,चिल्लो मासु ,मदिराजन्य पेयपदार्थ, ड्राईफ्रुइट्सहरुको प्रयोग नगर्ने हरियो सागपात ,सलाद, दही आदि रेशायुक्त ,कम कैलोरी भएको खाना नखानु पर्दछ । अली अली गरेपनि धेरै ठाँउमा धेरै पकट खाना खादा चिल्लो, नून बढ़ी उपभोग गरिन्छ । त्यसैले पानी प्रसस्त पिउनु पर्छ अझ कागतीको रसको साथमा बिरे नून ,टिम्बूर, पुदीना पानी मिसाएको पानी पिएमा राम्रो खसिको मासु पकाउँदा अरु मसालाको साथमा दालचीनी, जायफल, जायपत्रि, टिंबुर, एकचिमटी मेथी पनी प्रयोग गरेमा स्वास्थकर हुन्छ । कुखुरामा अदुवा, टिमबूर, ल्वांग ,एकचिमटी ज्वानो ,दुइ थोपा कागतिको रस मिसाएर पकाउने, हाँसमा अदुवा अली धेरै राख्नुपर्छ ।
सकेसम्म क्यान फूडको प्रयोग नगर्ने अमिलोको लागि सिंथेटिक वेनिगरको सट्टा कागतीनै प्रयोग गर्ने अजीनोमोटो सिंथेटिक हाई प्रोटीन हो । त्यसैले यसको प्रयोग स्वास्थकर हुदैन एउटा बयस्क ब्यक्तिको लागि एकदिनको लागि अधिकतम दश ग्राम नून भए पुग्छ त्यसैले आवश्यकतालाई मध्यनजर गरी नूनको प्रयोग र उपभोग गर्नु पर्छ धेरै परिकार र मात्रा खाने हँुदा खानामा नूनको प्रयोग जतिसक्यो कम गर्ने विशेष गरी चाड पर्बमा बसी बसी धेरै मात्रामा मिठो खाने मात्र हैन शारीरिक ब्यायाम पनी अरूबेला भन्दा बढ़ी गर्नु पर्छ । हरियो वातावरण मात्र हैन बढी मात्रामा हरियो सागपात ,सलाद खानपनी पर्छ जसले शरीरलाइ स्वस्थ मात्र हैन फिट राख्नुको साथै सौन्दर्य पनि बढाउछ अन्तमा खानको लागि चाड पर्ब मनाउनेकी मौसम अनुसार स्वस्थ हुन स्वस्थकर खान खाई चाड पर्ब मनाउने ?

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest