चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी 

Tuesday, March 24th, 2020

चितवन : भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाब परीक्षणका लागि मंगलबार विहान मात्र टेकु पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest