चिसोमा कसरी कपालको हेरचाह गर्ने ?

Sunday, February 9th, 2020

चिसोमा कपाल रुखो हुन्छ । साथै कपाल झर्ने समस्या पनि चिसोमा बढी नै हुन्छ । यसैले चिसोमा कपालको बिशेष ख्याल राख्नु पर्दछ । कलाप झर्ने र चाया“बाट छुटकारा पाउनको लागि अपनाउनुहोस् केहि टिप्सहरु ।

ड्राइ हेयर र कपाल झर्न रोक्ने घरेलु उपाय

-कपाललाई रुखो हुनबाट बचाउनको लागि नियमित ओइलिङ् गर्नुहोस् ।

  • यदि कपाल धेरै ड्राइ भयो भने नरिवलको तेललाई मनतातो बनाएर कपालमा लगाएर रातभरि कपालमा राख्नुहोस् र अर्को दिन शैम्फु गर्नुहोस् ।
    कपालको रुखोपनलाई हटानको लागि ओलिव ओयललाई मनतातो गरेर विस्तारै विस्तारै स्काल्पमा मसाज गर्नुहोस् । यसले तेल भित्र सम्म पुग्दछ । फेरी कपाल धुनुहोस् । ओलिव ओयलले कपाल सफ्ट बन्छ र कपाल झर्न पनि रोकिन्छ ।
  • ड्राइ र ड्यामेज कपाललाई रिपेयर गर्नको लागि एक्स्ट्रा वर्जिन ओलिव ओयललाई चिसो कपालमा लगाउनुहोस् र प्लास्टिक क्याप या हट टावलले कभर गर्नुहोस् ।
  • कपाललाई सफ्ट र साइनी बनाउनको लागि दुइ अण्डामा दुई ठूलो चम्चा मह मिलाएर कपालमा लगाउनुहोस् । आधा घण्टा पछि कपाल धुनुहोस् । यसो गर्नाले कपाल सफ्ट र साइनी हुन्छ र कपाल झर्न पनि रोकिन्छ ।
  • कपाललाई सफ्ट र साइनी बनाउनको लागि एक गिलास काँचो दुधमा एक चियाचम्चा मह मिलाएर कपाललाई जरा देखि टुप्पो सम्म लगाउनुहोस् । आधा घण्टा पछि शेम्फु गर्नुहोस् ।
    डेन्ड्रफ हटाउने घरेलु उपाय
  • चिसो मौसममा रुखोपनका कारण कपालमा डेन्ड्रफ बढ्छ । यदि तपाईको कपालमा पनि डेन्ड्रफ भयो भने दहि र कागतीको हेयर प्याक लगाउनुहोस् । यसको लागि दहि र कागती मिलाएर हेयर प्याक तयार गर्नुहोस् र यसलाई कपालमा लगाउनुहोस् । एक घण्टा पछि शैफु गर्नुहोस् । कपालबाट डेन्ड्रफ हटाउने यो सबैभन्दा राम्रो घरेलु उपाय हो ।
  • एकसय ग्राम अमला, रिठा र शिकाकाइलाई दुइ लिटर पानीमा उमाल्नुहोस् । जब मिश्रण आधा हुन्छ तब यसलाई शैम्फु जसरी प्रयोग गर्नुहोस् यसो गर्नुभयो भने तपाईको कपाल आकर्षक हुन्छ डेन्ड्रफ पनि जान्छ ।
  • एउटा आलुलाई किचेर त्यसको रस निकाल्नुहोस् । यसमा दुइ दुइ ठूलो चम्चा एलोवेरा पल्प र मह मिलाएर राम्रोसँग ब्लेड गर्नुहोस् अनि यसले कपालमा केहि मिनेट सम्म मसाज गर्नुहोस् र लगभग दुइघण्टा पछि धुनुहोस् ।
  • मेथीको दाना रातभरी भिजाएर राख्नुहोस् । विहान पिसेर यसमा थोरै तोरीको तेल मिलाउनुहोस् । आधा घण्टा सम्म स्काल्प र कपालमा मसाज गर्नुहोस् र फेरी शेम्फु गर्नुहोस् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest