चैत्र महिनाको राशीफल

Monday, March 19th, 2018

प्रेम प्रसाद पराजुली
वास्तुविद्ध जोतिषाचार्य
मेष ः यो महिनामा धार्मिकस्थलको यात्रा हुनेछ । आफ्नै प्रयासबाट नयाँ कामको सुरुवात हुनेछ भने स्मरणशक्तिमा कमी आउने योग रहेको छ । आर्थिक संकटको सामना गर्नुपर्ला, व्यापारमा लाभ मिल्ने भएता पनि सन्तुष्टी भने मिल्ने छैन । शिक्षा क्षेत्रमा भने खासै प्रगती हुने छैन । साथीभाईका कारण अर्थिक नोक्सानी हुनसक्छ । यो महिनाका लागि शुभ अंक १, ५, शुभ रंग हल्का कालो, शुभ दिशा पूर्व रहेको छ । ॐ नारायणाय नमः मन्त्र जप एवं गुलिलो पदार्थ भोजन गराउँदा लाभ हुनेछ ।
वृष ःनोकरीमा सन्तोष मिल्ने छैन । फाइदाभन्दा बढी नोक्सानी हुनेछ । कानुनी प्रक्रियामा पर्ने योगका साथै श्रीमान् श्रीमती बीच मतभेद हुनेछ । शिक्षा क्षेत्रमा अरुची, सरकारी तथा गैरसरकारी क्षेत्रबाट सम्मान मिल्नेछ । धार्मिक कुराकानी धेरै हुनेछन् भने वैदेशिक यात्रा हुनेछ । शुभ अंक ५,७, शुभ
रगं सेतो, शुभ दिशा पूर्व रहेको छ । ॐ क्रंी क्रंी क्रंी स्वाहाः मन्त्र जप एवं हरियो बस्त्र दान तथा अन्न चारचुरुङीलाई खुवाउँदा लाभ हुनेछ ।
हुनेछ शुभ हुनेछ ।
मिथुन ःपेट तथा आखाँमा समस्या हुनसक्छ, नोकरीमा पदोन्नती हुनुका साथै घरपरिवारमा कलह हुनसक्छ । भोजभतेरमा सहभागी भइएला । संगीत क्षेत्रमा रुची हुनेछ । यौनचाहना अत्याधिक बढेर जानेछ भने आर्थिक संकटको सामना गर्नुपर्ला । यो महिनाका लागि शुभ अंक २,६, शुभ रंग हरियो, शुभ दिशा पश्चिम रहेको छ । ॐ त्रं, त्रं, त्रं मन्त्र जप गर्दा र कालो बस्त्र दान गर्दा लाभ हुनेछ ।
कर्कट ःधार्मिक कार्यको निन्दा गर्ने बानी बस्नेछ । इष्टमित्र तथा आफन्तामा झै झगडा हुनसक्छ । मिलीजूली कार्य गर्नु होला । सामाजिक कामकाजमा मान तथा सम्मान मिल्ने छ । घरपरिवारबाट परै बसेर कार्य गर्नुमा उचित देखिन्छ ।
घरेलु समस्याले सताउनेछ । शैक्षिक क्षेत्रामा मन जाने
देखिँदैन । यो महिनाका लागि शुभ अंक ४,७ शुभ रंग सेतो र पश्चिम दिशा शुभ रहेको छ । ॐ त्रं, त्रं, त्रं मन्त्र जप गर्दा र कालो बस्त्र दान गर्दा लाभ हुनेछ ।
सिंह ःधर्म कर्ममा विश्वास हुनुका सथै बौद्घिक कार्यले दाम्पत्य जीवनमा सुधार आउने छ । विदेशका कार्यमा सफलता मिल्नेछ भने साथीभाइसँग मनमुटाव हुनसक्छ । प्रेम प्रस्ताव आउनेछ भने स्वास्थ्मा सुधार हुँदै जानेछ । अध्यानमा रुची हुनुका साथै आर्थिक संकट हुनसक्छ । सन्तानका लागि चिन्ता हुनसक्छ । यो महिना शुभ अंक २,५, शुभ रंग हरियो र दिशा शुभ रहेको छ । ॐ क्रंी क्रंी क्रंी स्वाहाः मन्त्र जप एवं हरियो बस्त्र दान तथा अन्न चारचुरुङीलाई खुवाउदा लाभ हुनेछ ।
कन्याःअध्यायन अध्यापनका लागि समय मिल्ने छैन । रमाइलो भेटघाट हुनेछ भने परिवारमा मांगलिक काम हुनेछ । अकस्मात धन मिल्नेछ । दाम्पत्य जीवनमा विवाद आउने योग रहेको छ । सवारी दूर्घटना तथा स्वास्थ्यामा समस्या आउनसक्छ । मनमा उत्तेजक कुराहरुमात्र आउनेछ ।
बैदेशिक काम काजमा बाधा हुनेछ । यो महिनाका लागि शुभ अंक ५, ८, शुभ रंग मिश्रित दिशा उत्तर ॐ भ्राँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा लाभ हुनेछ ।
तुलाःनोकरीमा लाभ मिल्नेछ, कामको व्यस्तताले परिवारमा समय दिन पाइनेछैन भने शत्रुले बाधा गर्नेछन् । बिनाकारण चिन्ताले आर्थिक नोक्सानी हुनेछ । तर्क बिर्तकले गर्दा रिस बढ्नेछ । पराक्रमा वृद्धि, आर्थिक कष्टबाट मुक्ति मिल्न सक्छ । माया प्र्रेममा सफलता रहेको छ । यो महिनाका लागि शुभ अंक १, ४, रंग निलो र पूर्व दिशा शुभ रहेको छ । ॐ
पिताम्बराय नम ः मन्त्र जप गर्दा शुभ तथा मिष्ठान्न वस्तु दान गर्दा शुभ हुनेछ ।
वृश्चिकःआर्र्थिक कारोबारमा फस्ने योग भएकोले सजग रहनुहोला,
आफन्तले नै ईश्र्या गर्नेछन् । व्यापारमा लाभ मिल्नेछ भने,
जग्गा जमिनको कारोबारमा घाटा हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । शैक्षिक पक्ष सवल रहेको छ । परिवारका लागि चिन्ता बढेर जानसक्छ । दाम्पत्य जीवनमा भने
केही समस्या आउनसक्छ । यो महिना शुभ अंक २,६ हरियो रंग , दक्षिण दिशा शुभ रहेको छ । ॐ शशी शेखराय नमः मन्त्र जप तथा कालो वस्तु दान गर्दा शुभ हुनेछ ।
धनु ःमहत्वपूर्ण कार्यका लागि यात्रा हुनेछ । राजनीतिक तथा धार्मिक कुराकानी धेरै हुनुका साथै कार्यमा व्यस्त हुनुपर्नेछ । व्यापारमा हानी नोक्सानी हुनसक्छ । बेला बेलामा घमण्ड बढेर जानुका साथै जिम्मेवारीका कामहरु आउनेछन् ।
शैक्षिक क्षेत्रमा परिश्रमअनुसार लाभ मिल्ने छैन । यो महिना शुभ अंक ६,९, हरियो रंग, पूर्व दिशा शुभ रहेको छ । ॐ गोबिन्दाय नमः मन्त्र जप गर्दा राम्रो हुनेछ ।
मकर ःरिस नियन्त्रण गर्नुहोला, विशिष्ट व्यक्तिहरुबाट सहयोग मिल्नेछ । यात्रा रमाइलो तथा अनुसन्धनात्मक हुनेछ भने खानपिनमा विचार गर्नुुहोला । आलस्यता बढेर जानुका साथै लेनदेन कार्यमा होसियारी रहनुहोला । मावली तथा ससुरालीतर्फबाट तनाव आउन सक्छ । यो महिना शुभ अंक ६, ८ रंग हरियो, शुभ दिशा दक्षिण रहेको छ । ॐ भांँ भ्रान्त यै नमः मन्त्र जप तथा रातो वस्तु दान गर्दा राम्रो हुनेछ ।
कुम्भ ःमित्रहरुवाट विश्वासघात हुनसक्छ । जीवनमा उतारचढाव आउनेछ भने मानसिक तनावले सताउनुका साथै स्वास्थ्यमा
समस्या आउनसक्छ । कृषि तथा व्यापारमा हानी नोक्सानी हुने छ । महत्वपूर्ण कार्यबाट बञ्चित हुनुपर्नेछ । झुट्टा
आरोप लाग्नसक्छ । राजनीतिक कुराकानीमा विवाद आए पनि समाधान हुनेछ । यो महिना शुभ अंक ५,७ शुभ रंग
सेतो र शुभ दिशा पूर्व रहेको छ । ॐ दामोदराय नम ः मन्त्र जप एवं खाद्य वस्तु तथा गुलिलो पदार्थ भोजन गराउँदा लाभ हुनेछ ।

मीन ःपेशाकर्मीका लागि समय उचित भएता पनि विश्वास गरेका बाटै अपमान हुनुपर्नेछ । स्वास्थ्यमा समस्या देखापर्छ भने सामाजिक कलहले आर्थिक पक्षमा केही असर पर्नेछ ।
नोकरीको अवसर आए पनि समय दिन पाइने छैन । माया पिरतीमा चोट पुग्ने कुराले परिवारमा विवाद सामाना गर्नुपर्ला । मनमा अशान्तिले गर्दा महत्वपूर्ण कामबाट बञ्चित हुनुपर्ला ।
यो महिना शुभ अंक १, ५, शुभ रंग निलो र शुभ दिशा पूर्व रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest