चौथो प्राङ्गारिक कृषि मेला हुँदै, यस्ता छन् आकर्षण

Wednesday, January 29th, 2020

काठमाडौ :अर्गानिक एसोसिएसन नेपाल र कंचनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको ब्यापार प्रबद्र्धन निकासी केन्द्रसंगको सहकार्यमा चौथो प्राङ्गारिक कृषि मेला माघ १७ देखि आयोजना गर्ने भएको छ ।

नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी वनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्गानिक एग्रो फेयरको आवश्यक्ता महसुस गरी सो मेला आयोजना गर्न लागिएको आयोजकले जनाइएको छ ।

रोग लागेर औषधी उपचार गर्नु भन्दा पनि रोगै नलाग्ने उपाएको खोजी आजको मुख्य आवश्यकता भएकोले कंञ्चनजंघा टि इस्टेट एण्ड रिसर्च सेन्टर प्रा लि बाट यो सुचना विगत २५ वर्ष देखी प्रवाह गर्दै आएको छ ।बिगत ४ वर्ष देखी अर्गा्निक जैविक कृषिमेलाको आयोजना गर्दै जनचेतना अभिबृद्धि गर्ने काम गर्दै आएको र गत साल देखी अर्गानिक उत्पादकहरुको एउटा संस्था “अर्गानिक एसोसिएसन नेपाल “ नामक संस्था खडा गरी संस्थाको स्थापना गरी अर्गानिक उत्पादनलाई प्रबद्र्धन गरिरहेको जनाइएको छ ।

मेलाले अर्गानिक उत्पादनहरुको बारेमा आम नागरिकमा जानकारी दिंदै त्यस्ता उत्पादनको प्रबद्र्धन गरी अर्गानिक अभियानलाई टेवा पुरयाउन उत्पादक र उपभोक्ताको साझा मञ्चको विकास गर्ने लथ्य लिएको छ ।मेलाले अर्गानिक उत्पादनको बजार प्रबद्र्धन गर्ने । स्वस्थ्य जीवन शैलीका लागि अर्गानिक उत्पादन प्रयोगमा जोड दिने छ ।

मेलाको उद्देश्य

नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पु¥याउने उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा ल्याउने ।उत्पादक र उपभोक्ता विचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दैउपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने ।स्वस्थ्य भई बाँच्न पाउने अधिकारको रक्षा र उपभोक्ता हितको संरक्षण र सम्बद्र्धनमा सहयोग पुरयाउने ।
अर्गानिक बिषयसंग सम्बन्धित कार्यपत्र प्रस्तुत तथा अन्तरकृया मार्फत सरोकारवालाहरुलाई जानकारी उपलब्ध गराउने ।

मेलाका आयोजक तथा सह–आयोजक

यस पटकको प्राङ्गारिक कृषि मेलाको आयोजकका रुपमा अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टर रहेका छन । त्यस्तै सह आयोजकका रुपमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्र रहेको छ ।

चौथो प्राङ्गारिक कृषि मेला २०७६ को ललितपुर स्थीत पाटन संग्राहालयमा मिति २०७६ माघ १७ देखि २० गतेसम्म आयोजना हुदैछ । त्यस्तै अन्य सहयोगिका रुपमा नेपाल महर्षि वैदिक फाउण्डेशन, साँग्रिला एग्रो वल्र्ड प्रा.लि, बाँस्कोटा ग्रुप अफ ईन्डष्ट्रिज प्रा.लि रहनेछन् भने अन्य सघं संस्थाहरु प्नि आवद्ध हुनेछन् ।

चौथो प्राङ्गारिक कृषि मेला २०७६ मा ५० भन्दा बढी अर्गानिक तथा प्राकृतिक उत्पादनहरुको स्टलहरु रहनेछन । यस सम्बन्धमा नेपाल भित्र विभिन्न स्थानका अर्गानिक उत्पादक व्यवसायीहरुसंग समन्वय गरिएको छ । मेलाको गतिबिधि आम सञ्चार माध्यममा प्रकाशन प्रसारण गराउन सजिलो होस भन्ने उद्धेश्यले मेला अवधिभर मिडिया कर्नरको समेत ब्यवस्थापन गरिनेछ ।

मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गगारिक मल, च्याउ, डेरी उत्पादन, हर्वल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापर लगायतका अन्य उत्पादनहरु, फलफुल, विउ विजन, मह, तेल, राडी, पाखी लगायत अन्य कृषि उपजहरु तथा कृषि तथा बाणिज्य, व्यापार सम्बन्धी प्रोजेक्टहरु सम्बन्धमा जानकारी, सुचना समेत प्रवाह गरिनेछ ।मेलामा ५० भन्दा बढी स्टलहरु हुनेछन । यो मेलाको खर्च ३० लाख अनुमान गरिएको छ । र मेलामा एक करोडको करोबार हुने अपेक्षा लिइएको छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest