‘छक्का पञ्जा ३’ मा दीपक दीपिका

Tuesday, April 24th, 2018

चक्र प्रसाद पोख्रेल
वैशाख ११ ः सिनेमा ‘ऐश्वर्य’मार्फत अभिनयमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाईँ छक्का पञ्जा ३ सिनेमाका लागि फाइनल भएकी छिन् । दीपाश्री निरौलाको तेस्रो निर्देशन रहने सिनेमा ‘छक्का पञ्जा ३’ दशैको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने छ । वैशाख १७ गतेदेखि फ्लोरमा जाने यस सिनेमाको छायांकन पोखरा, दमौली र इलाममा हुने भएको छ ।

मंगलबार मात्रै निर्माण पक्षसँग  दीपिकाको आधिकारिक सम्झौता भएको छ । दीपिका फाइनल भएसँगै अब ‘छक्का पञ्जा ३’का सबै कलाकारहरु लगभग फाइनल भएका छन् ।सिनेमामा अर्की अभिनेत्रीको रुपमा प्रियंका कार्की नै रहने छिन् । सिनेमाका मुख्य अभिनेता रहने दीपकराज गिरीको जोडीको रुपमा प्रियंका र दीपिका मध्ये को प्रस्तुत हुने हो त्यो भने अहिले नै भन्                    न सकिँदैन ।
यसका अलावा सिनेमामा केदार घिमिरे, जितु नेपाल, निर शाह, अनुरागमान सिंह कुँवरलगायतका कलाकारको मुख्य भूमिका रहने भएको छ । सिनेमाका छायाँकार पुरुषोत्तम प्रधान छन् भने सिनेमामा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । यतिबेला गीतसंगीतको छनौट अन्तिम चरणमा छ । दर्जनौँ गीतहरु सुनेपछि दीपक शर्मा र अर्जुन पोखरेलको संगीतले ‘छक्का पञ्जा ३’ मा मौका पाउने भएको छ । ‘छक्का पञ्जा ३’ यसपटक दीपक दीपाको लागि चुनौतीले भरिएको छ । व्यवसायिक हिसाबले अघिल्ला रेकर्डहरु तोड्नु छ । विवाद कम गर्नु छ । चर्चा बढी पाउन जरुरी छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest