छाउगोठमा आगोले आमा सहित बच्चाको मृत्यु

Thursday, January 10th, 2019


बजुरामा छाउगोठमा आगलागी हुँदा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षिया अम्बा बोहोरा र उनका ९ बर्षका छोरा सुरेश बोहोरा, ७ बर्षका रमित बोहोरा रहेका छन् । घर भन्दा सय मिटर टाढा रहेको छाउगोठमा ४ दिनदेखि आमा र छोराहरु सुत्दै आएका थिए । गत मंगलबार राति उनीहरु सुतिरहेको बेला ब्लाङ्केटमा आगो सल्कीएको हुनसकने बुढीनन्दा नगरपालिका वडा न ९ का वडा अध्यक्ष खड्क बोहोराले बताए । छाउ गोठमा जाडो महिना होस् या गर्मी महिना धेरै महिला तथा वालकले ज्यान गुमाएका छन् । अहिले प्रहरी टोली घटना स्थल पुगेर अनुसन्धान भइरहेको छ । बाजुरा सदरमुकामबाट आठ घण्टाको पैदल दुरीमा पर्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest