छोरी बलात्कारका आरोपी हिरासतमा मृत भेटिए

Thursday, April 2nd, 2020

बुटवल :बलात्कार आरोपमा पक्राउ परेका कपिलवस्तुमा एक व्यक्ति प्रहरी हिरासतमा मृत अवस्थामा भेटिएका छन्।छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका वाणगंगा नगरपालिकाका ती अभियुक्तले इलाका प्रहरी कार्यालय पिपराको शौचालयमा आत्महत्या गरेका हुन् ।

शौचालयको भेण्टिलेटरमा गएराति तन्ना बेरेर आत्महत्या गरेको प्रहरी निरीक्षक आयुशप्रसाद जोशीले बताए ।घटनाको चेकजाँच र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तौलिहवावाट प्रहरी नायव उपरीक्षक सुनील मल्लको नेतृत्वमा टोली ईलाका प्रहरी कार्यालय पिपरामा पुगेको छ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest