जनकपुरमा जताजतै बम, सर्वसाधारण त्रसित

Monday, December 16th, 2019

काठमाडौं :प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा हिजो रातिदेखि नै बम आतंक छ । जनकपुरको बाह्रबिघा रङ्गभूमि मैदानलाई केन्द्रबिन्दु बनाएर वरिपरि रहेको विभिन्न बाटोमा शंकास्पद वस्तु फेला परेको हो ।

आइतबार राति ९ बजे र आज सोमबार करिब साढे ९ बजे फेरि अर्को ठाउँमा शंकाष्पद वस्तु हरियो बोरामा बेरिएको अवस्थामा सरस्वती उच्च माध्यमिक विद्यालय छेउमा वेवारिसे बोरा फेला परेको छ ।जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ ।प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटर पूर्वतर्फ बाह्रबिघास्थित सरस्वती उच्च मा विद्यालय नजिक सडकमा शंकास्पद वस्तु देखिएको जानकारी दिए ।विद्यालय नजिक सडक बीचमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले अहिले त्यहाँ आवतजावतमा रोक लगाएको छ ।जनकपुर स्थित बाह्रबिघा मैदानमा एनसेलले महामेला आयोजन गर्न लागेको जानकारी पाएपछि बिप्लव नेकपाले सोको वरिपरि बम राखेको आशंका गरिएको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest