जन्ती बस दुर्घटना, एकको मृत्यु, ४० घाइते

Sunday, November 24th, 2019

धादिङ :पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं६ बैरेनीबजारमा नुवाकोटको बाँसगडीबाट बाराको अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ । २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।सडकको खाल्डो छल्न खोज्दा बस दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest