जागिर लगाइ दिनेु प्रलोभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीको उद्धार

Friday, January 31st, 2020


झापा : वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रहरीले उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका ४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी)राजेन्द्र पोखरेलले जानकारी दिए। सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाइ अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

अभियुक्त सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा २२ हजार रुपैयाँको जागिर लगाइ दिने प्रलोभन देखाइ लैजाँदै गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका थिए ।उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest