जापानको शोक्यो मन्दिर (गुम्बा)लुम्बिनीमा निर्माण सम्पन्न

Sunday, January 12th, 2020

 

चक्र प्रसाद पोख्रेल
काठमाडौ :हाल लुम्बिनिमा विभिन्न देशले आ आफ्ना गुम्बा तथा मनिदरहरु लुम्बिनिमा बनाउने क्रम बढदो छ।यसै विच जापानको शोक्यो मन्दिर लुम्बिनीमा निर्माण सम्पन्न भएको छ । मन्दिर(विहार)को शुक्रबार प्रतिनिधि सभा सदस्य भारत शाहले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शाहले लुम्बिनीमा निर्माण गरिएको शोक्यो विहारले लुम्बिनीमा जापानीज पर्यटकहरुको आर्कषण थप बढ्नेमा आफु विश्वस्त भएको बताए । उनले नेपाल सरकारले सुरु गरेको नेपाल भ्रम्रण बर्ष २०२० र लुम्बिनी भ्रमण बर्ष २०७६ लाई समेत विहार निर्माणलले थप टेबा पुग्ने बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शाहले भने–‘लुम्बिनी आफैमा पवित्र तिर्थ स्थल हो, जापानमा रहेका नागरिकहरु लुम्बिनी आउँदा आफ्नो देशको मन्दिर पवित्र भुभिमा देख्न पाउँदा अझ बढि पर्यटक आउने आशा गर्न सकिन्छ ।’
लुम्बिनीको विकासका लागि आफुले जहिले पनि तयार रहेको भन्दै सांसाद शाहले लुम्बिनीको विकासका लागि कुनै पनि कमी कमजोरी आउन नदिने बताएका थिए । कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका सदस्य सचिव भिक्षु मैत्तयले लुम्बिनीमा आउने पर्यटकहरुको लागि जापानीज शोक्यो विहार आर्कष्ण हुने बताए ।
प्रदेश सभा सदस्य फकरउद्दीन खानले लुम्बिनीको विकासको लागि अझै थप काम गर्नुपर्ने आवश्यकतारहेको भन्दै यसा प्रदेश स्तरबाट थप सहयोगको लागि आफुले पहल गर्ने बताएका थिए ।उनले लुम्बिनी क्षेत्रबाट नै चुनाव जितेर प्रदेश सभामा गएको भन्दै लुम्बिनीको विकासका लागि कुनै पनि कमी बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै भिक्षु कृष्ण मानले सबैको साथ सहयोगबाट विहार निर्माण सम्पन्न भएको बताए । उनले यसको लागि सबैलाई आभार व्याक्त गरे ।
शोक्यो धार्मिक संघ जापानका लागि नेपाल निर्देशक टंक साउद ले नयाँ निर्माण गरिको मन्दिर जापानी सस्कृती, कला झल्कीने गरी निर्माण गरिएको जानकारी दिए । लुम्बिनी विकास कोष संगको सहकार्यमा शोक्यो धार्मिक संघ जापानले मन्दिर निर्माण गरेको हो । महायन विहार पश्चिम क्षेत्रमा विहार निर्माण गरिएको छ । ६२ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा विहार जापानी शैलीमा छ भने यसो अलवा गेष्ठ हाउस, ध्यान केन्द्र लगायतका संरचना अझै निर्माण गर्न बाँकी रहेको साउदले जानकारी दिए ।
विहार भित्र विशाल बुद्ध मुर्ती स्थापना गरिएको छ । विहारभित्र पुजा तथा प्रथनाका कक्ष, भिक्षु कक्ष, भिक्षु आवास लगायता संरचना रहेका छन् ।

  मन्दिर निर्माणको कष्टकर कथा
सोक्यो धार्मिक संघ जापानले मन्दिर निर्माणको सम्झौता गरेको करीव २७ बर्ष पछि लुम्विनीमा सोक्यो मन्दिरको निर्माण सम्पन्न भएको छ ।
लुम्विनीको गूरुयोजना स्वीकृत भई लागु भएपछि उक्त मन्दिर निर्माणका लागि बिकास कोषसंग पहिलो पटक सन १९९३ मा सम्झौता गरीएको थियो ।
६२ रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त मन्दिर जापानी शैलीमा निर्माण गरिएको छ भने उक्त मन्दिर भित्र बिशाल बुद्धको मुर्ति सहित जापानी संस्कृती झल्काउने कलात्मक आकृतीहरु निर्माण गरिएको छ ।
सोक्यो जापान नामक संस्थाले लुम्विनी गुरुयोजना लागु भएपछि निर्माण गर्ने सम्झौता गरेपनि समयमा काम सम्पन्न गर्न नसकेका कारण बिकास कोषले २०७० सालमा सम्झौता खारेज गरेको थियो ।
पुनः मन्दिर निर्माण गर्ने प्रस्ताव लिएर आएको संस्थाको अनुरोधलाई स्वीकार गरेर २०७४ सालमा मन्दिर निर्माण गर्ने अनुमती दिएको लुम्विनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बताए ।बिकास कोषले सम्झौता खारेज गरेको सुचना पाए लगत्तै ब्रेन ह्यामरेज भएका उक्त मन्दिरका निर्माता जापानीज बौद्ध भिक्षु सोजन उमेहरा सन २०१४ फेव्रुअरी महिना देखि अहिले सम्म जापानको अस्पतालमा उपचार गराई रहेका छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest