जापानिज नागरिकलाई लुट्ने गिरोहको योजनाकार जिना लामा पक्राउ

Thursday, February 18th, 2021

काठमाडौं:बौद्धमा एक वर्ष अगाडि जापानिज नागरिकलाई कुटपिट गरी मध्यराति लाखौं रुपैयाँ र बहुमूल्य जी–मालाको लुटपाट भएको घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको नयाँ दिल्लीबाट प्रहरीले काठमाडौं–६, फुलबारी बस्ने ३२ वर्षीया जिना लामालाई पक्राउ गरेको हो ।लामालाई भगाउन सहयोग गरेको आरोपमा काभ्रेको कानपुर कालापानी–५ का रामसिंह तामाङ भन्ने बिहसुर सिंह लामा पनि पक्राउ परेका छन् । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

प्रकरणमा संलग्न सेनामा तामाङ, दोर्जे तामाङ, दिनेश कार्की, एकराज तामाङ, आङनिमा शेर्पा, इन्द्रजित तामाङ र कृष्णबहादुर स्याङताङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

घटनामा अन्य केही व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंका गरिएको छ । ‘लामाको बयानबाट घटनामा संलग्न अन्यबारे पनि केही जानकारी आएको छ, अनुसन्धान गरिरहेका छौं’, काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतले भने ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest