जिनियस म्युजिक अवार्डमा ४८ बिधाका श्रष्टा सम्मानित

Thursday, May 30th, 2019

काठमाण्डौको जमल स्थित राष्ट्रिय नाचघर जमलमा भव्य रुपमा जिनियस म्युजिक अवार्ड पहिलोपटक सम्पन्न भएको छ । जिनियस म्युजिक अवार्ड २०७५मा विभिन्न ४८ बिधामा श्रष्टाहरुलाई सम्मानित गरिएको छ ।
समारोहमा रमेश दाहालको जननी जन्मभूमी गीतबाट गायक रमेश दाहालले सर्र्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड पाए भने यही विधामा राष्ट्रप्रेम गीतबाट विशाल पौडेलले जुरी अवार्ड पाए ।
आधुनिक संगीतर्फ सर्र्वोत्कृष्ट संगीतकारको अवार्ड हरि लम्सालले जिते । उनले जितेर पनि गीतबाट यो सफलता हासिल गरेका हुन्् । यही विधामा अहिलेका चर्चित संगीतकार बिनोद पछाईंले गीतकार विजया गुरुङ्गको शब्दमा रहेको गीत तिम्रा हजार गल्तीबाट जुरी अवार्ड पाउन सफल भए । यहि गीतबाट महेश्वर राज भण्डारीले सर्र्वाेत्कृष्ट ध्वनी मुद्रणको अवार्ड जिते भने प्रकाश केसीले प्याप्या झ््यामबाट यही विधाको जुरी अवार्ड जिते । डा डिआर उपाध्यायले लट्ठै लट्ठै गीतबाट आधुनिक तर्फको सर्र्वाेत्कृष्ट गीतकारको अवार्ड हात पारे । यही विधामा दुर्गा प्रधानले आफ््नो पहिलो एल्वम अनली फर यु एल्वमको रात पनि दिन हुन्थ्यो बोलको गीतबाट उत्कृष्ट महिला गीतकारको अवार्ड पाउन सफल भइन्् ।


अभिनेत्री आँचल शर्मा तथा अभिनेता पल शाहले पप तथा आधुनकि विधातर्फ ‘जे पनि हुन’ गीतबाट सर्वोत्कृष्ट महिला तथा पुरुष मोडलको अवार्ड जित्न सफल भए ।

 


चलचित्रको विधातर्फ गायक सुगम पोखरेलले चलचित्र क्याप्टेनको रहर छ संगै गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड जिते भने यही गीतबाट गायिका अञ्जु पन्तले सर्र्वाेत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भइन्् । सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड चलचित्र ‘दाल भात तरकारी’ को भिजिट भिसामा गीतका लागि शम्भूजीत बास्कोटाले पाए भने सर्र्वाेत्कृष्ट गीतकारको अवार्ड चलचित्र प्रसादको ‘वनकी चरी’ गीतका लागि बि.पाण्डेले पाए । चलचित्र चौका दाउको राधा पियारी गीतका लागि गीतकार दयाराम पाण्डेले जुरी अवार्ड प्राप्त गरे । उदयराज पौडेलले सर्र्वोत्कृष्ट संगीत संयोजकको अवार्ड जिते । उनले चलचित्र ए मेरो हजुर–३ को जिन्दगी नै भन्दिन गीतबाट यो सफलता पाएका हुन्् ।


चन्द्र सिंह घले सहारा बनी तथा करुणा सिम्खडा दिलको राजा ले सर्वोत्कृष्ट पप नव गायक–गायिकाको अवार्ड पाएको उक्त समारोहमा रोशन भट्टराईले मायालु तिमी गीतबाट सर्वोत्कृष्ट गीतकार पप को अवार्ड जिते । पपतर्फ सर्वोत्कृष्ट संगीतको अवार्ड कल््याण सिंहले शब्द गीतबाट जित्न सफल भए । राजकुमार श्रेष्ठले निष्ठुरी भनुँ गीतबाट पप तथा आधुनिक विधाको नव गीतकारको अवार्ड जिते ।

 


मस्त जवानी गीतबाट राजेन्द्र बजगाईंले यही विधाको जुरी अवार्ड पाए । गायिका निशा कँडेलले ‘सधैंलाई’ गीतबाट सवोत्कृष्ट पप गायिकाको अवार्ड जितिन्् भने कमल खत्रीले जाउँला रेलैमा गीतबाट सर्र्वोत्कृष्ट पप गायकको अवार्ड हात पारे । लोकपप विधामा छाता बोकी गीतबाट भूपु पाण्डेले सर्वोत्कृष्ट गायकको अवार्ड जिते ।
सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड संगीतकार मोहित मुनालले पाए । उनले ‘पीच रोड’ गीतबाट यो सफलता हासिल गरेका हुन्् । यही विधामा नरेन्द्र बियोगीले पिरिम नलाउनेबाट जुरी अवार्ड हात पारे ।


गायक आशिष सचिन तथा गायिका मेलिना राईले ‘पिरिम नलाउने’ गीतबाट सर्वोत्कृष्ट यूगल गीतको अवार्ड जित्न सफल भए । लोक तथा दोहोरी विधातर्फ चन्द्र खत्रीले सुन कथाबाट सर्वोत्कृष्ट शब्द संकलकको अवार्ड पाए भने शिव हमालले लालुमाई गीतबाट सर्वोत्कृष्ट लय संकलकको अवार्ड जिते । मलाई देखेर गीतबाट कृष्ण बिक भान्जाले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड जिते भने बितेका पल गीतबाट निशान बानियाँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जिते । दलित शीर्षकको गीतबाट दिपक विष्टले सर्वोत्कृष्ट सम्पादकको अवार्ड जिते भने बोल माया गीतबाट करण चैसिरले सर्वोत्कृष्ट छायांकारको अवार्ड हाल पारे । हिजोसम्म गीतबाट बलबहादुर राजवंशीले सर्वोत्कृष्ट नव गायकको अवार्ड जित्न सफल भए । लोक तथा दोहोरी विधाकै सर्र्वोत्कृष्ट मौलिक गीतको अवार्ड बोली मोहनीबाट गडुल ध्वज गुरुङ जिमी ले जितिन्् । महिला मोडलको अवार्ड बलिदान गीतबाट सारिका केसीले जितिन्् भने सलल पानी गीतबाट दुर्गेश थापाले पुरुष मोडलको अवार्ड जिते ।
गायक शिव परियारले तिमी नै मेरो सास गीतबाट आधुनिकतर्फको सर्वोत्कृष्ट गायकका अवार्ड जिते भने यही विधामा गायक भानुभक्त ढकालले जुरी अवार्ड पाए ।
टीका बम्जनले फनफनी घुमेको गीतबाट तामाङ्् सेलोतर्फको सर्वोत्कृष्ट गायकको अवार्ड जिते भने मिङ््स लामाले डम्फुमा सेलो गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन्् ।

मौलिक तीज गीततर्फ मञ्जु थापा र प्राश्ना शाक्यले तीजको रहर गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भए ।
समारोहमा प्रिन्स सिलवाल र नन्दिताराज वैद्यले क्रमशः न मानामा नापिन्छ तथा यो धर्र्ती गीतबाट सर्वोत्कृष्ट बाल गायक र गायिकाको अवार्ड जिते । पप तथा आधुनिक विधातर्फ सर्र्वोत्कृष्ट नव निर्देशकको अवार्ड शिव पौडेलले तिम्रो जोवन गीतबाट जित्न सफल भए भने यही विधातर्फ सर्र्वोत्कृष्ट छायांकारको अवार्ड मन मगन गीतका लागि अनिल के मानन्धरले जिते । निकेश खड््काले गल््ती गीतबाट सर्र्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भए । पवन सुस्लिङले हेरी रहँ गीतबाट सर्र्वोत्कष्ट सम्पादनको अवार्ड जिते भने कमल सिंहले किन लाग्छ गीतबाट सर्र्वाेत्कृष्ट नव मोडलको अवार्ड जित्न सफल भए । सर्वोत्कृष्ट गायकको अवार्ड ढल््क्यो बरबाट रामजी खाँडले जिते भने भाग्यमानी गीतबाट देवी घर्र्तीले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन्छ । हत्ते हालिन्छ गीतबाट लोमस शर्माले नव मोडलको अवार्ड जिते भने कपिल लामाले बलिदान गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते । मकैसिंह डाँडा गीतबाट सुजन परियारले सर्र्वोत्कृष्ट नव गायकको अवार्ड जिते भने आउनु माया गीतबाट मेनुका सोनीले सर्वोत्कृष्ट नव गायिकाको अवार्ड जितिन्् । समारोहमा एसियन म्युजिकले सर्र्वाेत्कृष्ट म्युजिक कम्पनिको अवार्ड जित्यो भने सालको पात टपरी गीतले पब्लिक च्वाइस अवार्ड जित्न सफल भयो ।


उक्त कार्यक्रममा नेपाली गीत–संगीतको क्षेत्रमा अनवरत रुपमा योगदान र्पुयाउने संगीतकर्मी ईश्वर अमात्यलाई नगद २५ हजार राशी सहित जिनियस दीर्घ साधन सम्मानसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ । समारोहमा सञ्चारकर्मी कृष्ण भट्टराईलाई रंग पक्रकारिताको क्षेत्रमा क्रियाशिल रहँदै नेपाली गीत, संगीत तथा कला क्षेत्रको संरक्षणका लागि योगदान र्पुयाए वापत नगद १० हजार रुपैयाँसहित जिनियस पत्रकारिता सम्मान प्रदान गरियो । त्यसक्रममा कोरियोग्राफर तथा नृत्य निर्देशक शिव बिकलाई विशेष सम्मान प्रदान गरियो भने गायक अमन प्रदानलाई प्रतिभा सम्मान अर्पण गरिएको थियो ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest