‘जीवन काँडा कि फूल’ कृतिमा चलचित्र बन्यो

Friday, December 14th, 2018

साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गरेको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उनले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ ।

शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पु¥याउने विश्वास फिल्म निर्माताको छ । चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारले अभिनय गरेका छन् । भने गायिका जुनु गौतमले गीत गाएकी छन् । चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ । महिला खबरबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest