जुम्लाको गोठी गाउँमा भिषण आगलागी हुँदा ३० घर जलेर नष्ट

Wednesday, January 27th, 2021

जुम्ला :कर्णाली प्रदेशको हिमाली जिल्ला,जुम्लाको गोठी गाउँमा आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् ।यस जिल्लामा रहेको
तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार राती आगलागी भएर ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले बताएका छन ।साथै उनले अहिलेसम्म आगलागीबाट मानवीय क्षति भएरनभएको एकीन नभएको जानकारी दिए ।

चौलागाइका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली पठाईसकिएकोछ । चौलागाइले भने हामीलाई अहिलेसम्म ३० घर जलेको खबर आएको छ,’आगलागी भएको जानकारी पाएलगतै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेको छ ।’ उनले बताए अनुसार आगो नियन्त्रणमा नरहेका कारण अझै केहि घरहरु जलेको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला सदरमुकामबाट आगलागी भएको गाउँसम्म पुग्न करिब चार घण्टा लाग्छ ।
धेरैजसो घरहरु काठैकाठका भएकाले आगलागी बढेको अनुमान गरिएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest