झापामा आगलागी हुँदा एक जनाको मृत्यु

Tuesday, January 12th, 2021

झापाःसोमबार राति झापामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।दमक नगरपालिका)३ मा रहेको भुटानी शरणार्थी शिविरमा आगो लाग्दा बस्ने ६० वर्षका देशमान राईको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका राईको जलेर घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार उनी प्यारालाइसिसका बिरामी थिए । आगलागीका कारण ३ लाख रुपैयाँ बराबरको सुनचाँदी, ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ ।

स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest