टर्कीमा दुई नेपाली बाल–बालिका पुरस्कृत

Tuesday, May 1st, 2018


चक्र प्रसाद पोख्रेल,
काठमाडौ ः फेस्टिबल मोडल एण्ड ट्यालेन्ट वल्र्ड २०१८ केहिदिन अघि टर्कीमा संपन्न भएको छ। विश्वका विभिन्न मुलुकवाट भाग लिएको उक्त प्रतियोगितामा केही महिनाअघि मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टव्दारा आयोजित लिट्टल च्याम्प बनेका फुंगनाम लिम्बु र याङ्गी केसी पुरस्कृत बनेका हुन ।नेपालबाट मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी म्यानेजिङ डाइरेक्टर मोहना क्षेत्री तथा नेशनल डाइरेक्टर अनुप सक्सेनाको साथमा उक्त कार्यक्रममा भागलिन गएका दुईजना बालबालिका पनि पुरस्कृत बनेका छन ।
नेपालको नाम, इज्जत र शान राखेर दुवै पुरस्कृत बाल–बालिकालाई शोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सस्थाका संथापक अध्यक्ष दिनेश खनालले स्वागत गरेका थिए ।
यो नेपालकै गौरबताको सहभागिता तथा उत्कृष्ठता तथा राष्ट्रको गौरब बढाउने यसप्रकारका कार्य गर्न मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्ट सदा क्रियाशील रहने पनि खनालले बताएका छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest