टिपरको ठक्करबाट एक जनाको मृत्यु

Tuesday, February 18th, 2020

काठमाडौं :काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्ला भन्ने स्थानमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठ छन् ।

स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका थिए र उनी सडक पेटिमा सुतिरहेका थिए ।
उनलाई गएराति पौने १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो । उनको उपचारको क्रममा साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest