रेसीपी

Thursday, February 22nd, 2018

        एन्जीला सिंह श्रेष्ठ

        सोलुज लंज एण्ड बार  

 

 

ट्राउट फिस
चाहिने सामाग्री
सिंगो ट्राउट, २०० मिलिलिटर तेल, १ चम्चा व्ल्याक विन्ज सस्, १ सानो चम्चा फिस सस्, ५० ग्राम चाइनिज हब्र्स, १÷२ पिस हरियो खुर्सानी, १ पिस हरियो प्याज, एक चिम्टी नुन ।
बनाउने तरिकाः
ट्राउटलाई फ्राई गरी गोल्डेन कलर भएपछी निकाल्ने । चाइनिज हब्र्सलाई पनि केहि बेर फ्राई गरी निकाल्ने र त्यसमा ब्ल्याक बिन्ज सस्, फिस सस्, चप गरिएको हरियो खुर्सानी, हरियो प्याज, नून मिक्स गरी ट्राउटफिस माथि टपिङ गर्ने र आवश्यकताअनुसार आर्गेनिक लेटस, स्लाइस टमाटर, स्लाईस कागती राखी सजाउने ।

 

 

 

 

हुनान चिकेन
चाहिने सामाग्री
२०० ग्राम वोनलेस चिकेन, १५० एमएल तेल, ४० ग्राम मैदा, ५० ग्राम कर्नफल्लावर, १ पिस अण्डा, एक चिम्टी नून, वोइस्टर सस, १० ग्राम सेतो तील, हरियो प्याज, हरियो सेलेरी, क्याप्सिकन ।
बनाउने तरिका
चकेनलाई फिंगर कट काट्ने र मैदा, कन्फल्वार र अण्डामा मिक्स गर्ने, त्यसपछि तताएको तेलमा गोल्डेन कलर होउन्जेल फ्राइ गर्ने । पोटी प्याज, सेलेरी क्याप्सिकन र हरियो प्याज लाम्चो आकारमा काट्ने र त्यसमा फ्राई गरेको चिकेन वईस्टर सस् तील, नुन मिसाई हुनन चिकेन तयार गर्ने ।
 सोलुज आलु
आवश्यक सामाग्री
२५० ग्राम आलु, २ चम्चा घ्यू, ५० ग्राम पोटी लसुन, एक चिम्टी टिमुर, एक चिम्टी नून, सुकेको खोर्सानी, हरियो धनियाँ
बनाउने तरिका
आलुलाई राम्ररी उसिनेर बोक्रा छिल्ने र लाम्चो आकारमा काटने । त्यसपछि आलुलाई तताएको घ्यूमा गोल्डेन कलर हुने गरी फ्राई गर्ने । पोटी लसुनलाई स–सानो पिसमा काटने र त्यसलाई पनि गोल्डेन कलर हुने गरी फ्राई गर्ने त्यसमा तयार गरिएको आलु मिसाएर नुन, टिमुर, खुर्सानी फ्रेस र हरियो धनियाँ माथिबाट छर्ने ।

पोर्क लोईन
आवश्यक सामाग्री
१ पिस लोइन पोर्क, ५० ग्राम हरियो पालुंगो, ८० एमएल वलिभ ओइल, मस्टर्ड पेस्ट, वईस्टर सायर सस्, १०÷१० ग्राम रोजमेरी, ओरिगाना, थाईम ५० ग्राम अदुवा लसुन पेष्ट, एक चिम्टी नुन, १ चिम्टी कालो धुलो मरिच, मजरेला चिज, मिक्स भेजिटेवल, ५० ग्रामआलु ।
बनाउने तरिकाः
आलु र मिक्स भेजलाई उसिन्ने, उसिनेको आलुलाई पेष्ट बनाई स्वादिलो बनाउन जाईफल पालक र मजरेला चिज प्वालभित्र सम्म पर्ने गरी राख्ने । मस्टर्ड पेष्ट वईस्टर सस्, रोजमेरी, ओरीगाना, थाइम अदुवा, लसुनको पेष्ट, नुन र कालो धुलो मरिच मिक्स गरी तयार गरिएको लोईनलाई ४५ मिनेट सम्म डुवाएर राख्ने र त्यसपछि निकाली ग्रीलगर्ने र राम्ररी पाकेपछि तस्वीरमा देखाए जस्तै मेस पोट्याटो, मिक्स भेजलाई एउटा प्लेटमा सजाई तस्वीरमा झैं लोईनलाई पनि साइडमा राखी खानाको मज्जा लिन सकिन्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest