ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग

Tuesday, January 5th, 2021


काठमाडौं :ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग चयन भएकी छन् । काठमाडौंमा सोमबार सम्पन्न भएको २५ औं वार्षिक साधारणसभाले पूर्वमहासचिव समेत रहेकी प्रधानाङ्गलाई अध्यक्षमा चयन गरेको हो । साधारणसभाले कार्यसमिति सदस्यमा मुकुन्दबहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ, डा. सागरराज शर्मा र मदनकृष्ण शर्मालाई चयन गरेको हो ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७६ र ०७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन पारित गरेको थियो ।साधारणसभाद्वारा पारित संस्थाको वार्षिक प्रतिवेदनमा नागरिकले भ्रष्टाचार बढ्दो रहेको अनुभव गरेकाले सरकारको भ्रष्टाचार विरुद्धको सून्य संवेदनशिलता नारामा मात्र सीमित रहेको उल्लेख गरेको छ । संघीय संरचनामा लोकतान्त्रिक व्यवस्था सुदृढ हुने र आम नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ । साधारणसभाले संस्थाको सक्रियता र प्रभावकारिता थप सशक्त रुपमा बढाउनुपर्नेमा जोड दिएको कार्यकारी निर्देशक आशिष थापाले बताए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest