डिजाइनर काजल शर्मा दुबईमा सम्मानित

Monday, January 27th, 2020

रुकु वास्कोटा
काठमाडौँ :दोश्रो अन्तराष्ट्रिय वनर अवार्ड(२०२० बाट चर्चित फेशन डिजाइनर काजल शर्मा दुबईमा सम्मानित भएकी छन । चर्चित फेशन डिजाइनर काजल शर्मालाइ अवार्ड र सम्मान पत्र सहित उनले फेशन क्षेत्रमा पुर्याएको योगदान तथा नेपाली पोशाकलाई चिनाउने काम गरेर अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउने काम गरे स्वरुप उनलाई सम्मानित गरिएको थियो ।

काजल क्रियसनले नेपाल देखि मध्यपुर्ब, लन्डन अमेरिका, क्यानाडा लगायत युरोप सम्म आफ्नो संजाल फैलाउदै गएको छ । छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटि देखि सर्ब साधारणहरुको रोजाइमा पर्न सफल भएको छ । विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, ब्यबसायी देखि सर्ब साधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest