डिप लभमा भने परेको छैन

Monday, August 27th, 2018

 मेलिना राई, गायिका

आजभोलीको व्यस्तता कस्तो छ ?
पहिलाको जस्तै गीत रेकडिङ्मा नै व्यस्त छु ।
तपाईको फ्यानहरुले कत्तिको पछ्याउछन् ?
एकदमै हुन्छ, सामाजिक सञ्जालमा अत्याधिक म्यासेजहरु आउँछन् । फोन पनि निकै आउँछ । नम्बर कसरी पत्ता लगाउनुहुन्छ कुन्नी ? देशभित्रबाट मात्र नभएर बाहिरबाट पनि उत्तिकै फोन गर्नुहुन्छ । म सबैसँग राम्ररी बोल्ने गर्छु ।
धेरै फोन आउदा खुसी लाग्छ कि दिक्क ?
मलाई मन पराएर, माया गरेर फोन गर्नुहुन्छ, कसरी दिक्क मान्नु । तर, कहिलेकाहीँ आफू व्यास्त भएको बेला यस्तो फोनहरुले अलिकति डिस्टर्व चैं हुन्छु ।
सामाजिक सञ्जाल कत्तिको चलाउनु हुन्छ ?
सामाजिक सञ्जाल मध्ये पनि फेसबुक त निकै चलाउँछु । फुर्सद भयो कि फेसबुक चलाएर बस्ने बानी छ ।
प्रेम प्रस्ताव कत्तिको आउछन् ?
आउछन्, विषेशगरी फेसबुकको म्यासेजमा ।
यति राम्रो हुनुहुन्छ, यस्को राज ?
म आफुलाई आफै राम्रो भए जस्तो लाग्दैन, हेर्ने मानिसमा फरक पर्ने कुरा हो ।
फुर्सदको समयमा के गर्नु हुन्छ ?
घरमा बस्छु र बहिनीसंग डान्स गर्ने गर्छु ।
आफुलाई कस्तो गायिका भन्न रुचाउनु हुन्छ ?
यस्तो भन्ने क्याटागोरी छैन, जे होस् गायिका भनेर चिनिन रुचाउछु ।
आकर्षक हुनुहुन्छ, कुन हद सम्मका फ्यान पाउनुहुन्छ ?
त्यस्तो हदै सम्मको फ्यान चाहिँ पाएको छैन । सुरक्षा व्यवस्था कडा हुन्छ नि त्यसैले पनि होला ।
तपाई हसिली मान्छे भनेर चिनिन्छ कहिले रिसाउनु भएको छ ?
मलाई धेरै रिस उठ्छ तर म कन्ट्रोल गर्छु ।
गाउन बाहेक अन्य केलाई रोज्नु हुन्छ ?
डान्स र ट्राभल्स ।
प्रेममा पर्नु भएको छ ?
कुनै कुनै मान्छेहरु मन पर्छ वाउ भन्ने त भई हाल्छ, तर त्यस्तो डिप लभमा भने परेको छैन ।
तपाईंको हुनेवाला श्रीमान कस्तो होस् भन्ने चाहानुहुन्छ ?
माया, सम्मान तथा मेरो पेशाको समेत सम्मान गर्नुे खालको होस् भन्ने लाग्छ ।

-कृष्णा चौलागाई

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest