डेटिङ्को अवसर मिले श्रीमतीलाई नै रोज्छु

Tuesday, November 20th, 2018

जीवन भट्टराई , मोडल
तपार्इंको नजरमा नारी ?
एउटा जीवनको आधी पाटो, सृष्टिकर्ता ।
सबैभन्दा धेरै माया कसैलाई गर्नु भएको छ ?
आमालाई नै हो ।
कत्तिको प्रेम प्रस्ताव आउँछन् ?
पहिला त आउँथ्यो, विवाहित भन्ने थाहा पाएपछि कम भएको छ ।
महिलाको सबैभन्दा मनपर्ने पक्ष ?
सहनसिलता र जिम्मेवारीबोध ।
पहिलो अभिनय कुन गीतबाट गर्नु भएको थियो ?
आलोक नेम्वाङ्ले निर्देशन गर्नुभएको ‘तिमी आयौ’ भन्ने बोलको गीतबाट ।
आफूलाई मनपर्ने आफ्नो कुनै बानी ?
चाँडो रिसाउँदिन, त्यही हो ।
आफूले एकदम मिस गरेको कुरा ?
मलाई मनपर्ने टिचिङ हो, त्यसलाई लामो समय दिन सकिन ।
कहिले लभ लेटर लेख्नुभएको छ ?
लेखेको थिएँ तर जसलाई लेखेको थिएँ, उसलाई दिन सकिनँ ।
एक सफल कलाकारमा हुनुपर्ने गुण ?
कामप्रतिको इमान्दारिता र लगनशिलता ।
कलाकारिताबाट कमाउनु भएको पहिलो कमाई ?
हजार रुपैयाँ, जुन पहिलो कमाइ थियो ।
यदि कलाकार नभएको भए के हुनुहुन्थ्यो ?
सायद शिक्षक वा शिक्षासम्बन्धी काम गर्थें होला ।
मानिसलाई के कुराले सुन्दर बनाउँछ जस्तो लाग्छ ?
सफा मन र आत्मसन्तुष्टीले ।
आफ्नो कम्जोरी पक्ष के जस्तो लाग्छ ?
छिटो घुलमिल हुन सक्दिनँ ।
एक दिन डेटिङ्को अवसर मिले कसलाई रोज्नुहुन्छ ?
श्रीमतीलाई नै रोज्छु ।
राजनीतिमा आउनुप¥यो भने कसलाई सपोर्ट गर्नुहुन्छ ?
त्यतिखेर मेरो भिजन जोसँग मिल्छ ।
एकदिन लागि महिला भए के गर्नुहुन्छ ?
एकदिनमा नै त्यस्तो केही गर्न सकिएला जस्तो लाग्दैन ।
कुनै मोडल वा नायिकासँग मोडलिङ् गर्नुपरेमा कसलाई रोज्नुहुन्छ ?
योसँग नै भन्ने छैन तर जोसँग क्यामेस्ट्री मिल्छ उहीसँग ।
तपाईको विचारमा जीवन ?
जीवनलाई परिभाषा गर्नुपर्दा यो सिनेमा जस्तै हो, कहाँ के पर्छ, थाहा हुन्न ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest