तपाईको हरेक कोठिले के भन्दै छ  .

Friday, January 25th, 2019

हातको रेखा, निधारको धर्साले तपाईको बारेमा धेरै कुरा भन्छ त्यस्तै तपाईको अनुहारको कोठीले पनि तपाईको बारेमा केहि भनिरहेको हुन्छ तपाईको स्वभाव, जीवन, भविष्यको बारेमा

  • जुन व्यात्तिको दुईवटा आइब्रोजको बीचमा कोठि हुन्छ नरम स्वभावको हुन्छ उसमा अरु प्रति दया करुणाको भावना हुन्छ हरेक व्याक्तिलाई समान रुपले हेर्छ
  • यदि कसैको टाउकोको दायाँ तर्फ कोठि भने यस्ता व्याक्ति बुद्धिमान मिलनसार हुन्छन्् यस्ता व्याक्तिलाई घर परिवार समाजमा मान सम्मान मिल्छ
  • यदि तपाईको निधारको बीचमा कोठी भने कहिल्यै पनि हार नमान्ने खालको हुनुहुन्छ सधै अगाडि बढ््ने प्रयासरत हुनुहुन्छ भने तपाईको आर्थिक पक्ष पनि बलियो रहन्छ
  • जो मानिसको घाँटीमा कोठी हुन्छ धेरै बुद्धिमानी हुन्छ आफ्नो क्षमताले आफ्नो लक्ष्य हाँसिल गर्छन् उसमा संघर्ष गर्ने गज्जबको क्षमता हुन्छ
  • चिउँडोमा कोठि भने यसले स्वार्थी स्वभाव दर्शाउँछ आफ्नो स्वार्थलाई पूरा गर्नको लागि जे पनि गर्ने खालको हुन्छन् मेलमिलापबाट टाढा अर्थात अलग्गै बस्न समाजबाट टाढा रहन मनपर्छ
  • दायाँ गालामा कोठी भने यस्तो मानिस जीवनमा सधैसफल हुन्छन् प्रखर बुद्धिमान समझदार हुन्छन् जीवनमा हरेक निर्णय बिचार गरेर मात्रै लिन्छन् ।
  • यदि वायाँ गालामा कोठि भने यस्तो मानिस सधै अवाभग्रस्त या तनावमा रहन्छन् जीवन प्रति निराशावादी रहन्छन् भ्रममा रहन्छन्।
  • नाकको छेउमा कोठी हुने मानिस सुखि हुन्छन् आफ्नो हँसि मजाक गर्ने स्वभावका कारण हरेक मानिसको मन जित्न सफल हुन्छन् तर जीवनमा कैयौ उत्तार चढावबाट पनि गुज्रन्छन्
  • नाकको बायाँ तर्फ कोठी हुँदा धेरै मुश्किलले सफलता हात लाग्छ जीवनभर संघर्ष गरिरहनु पर्छ तर आफ्नो मेहनत लगनको कारण हरेक समस्यालाई पार लगाउँछन्
  • जो मानिसको दायाँ हातमा कोठी हुन्छ उसको हरेक काम बिना रोकतोक बन्छ यदि वायाँ हातमा कोठी भने यस्ता मानिस धेरै चन्चल धेरै खर्च गर्ने खालका हुन्छन्।
  • यदि तपाईको आँखाको कुनामा कोठी भने तपाईं संवेदनशिल स्वभावको हुनुहुन्छ आफ्नो भावुकताको कारण तपाईले जीवनमा धेरै पटक धोका पनि खानु भएको
  • जो मानिसको दाइने आँखाको तल कोठी हुन्छ कामुक हुन्छ भने अरुलाई सहयोग गर्नको लागि पनि तयार रहन्छन् जिन्दगीमा सफल पनि हुन्छन् ।
  • जो मानिसको दाइने आँखाको तल नाकको छेउमा कोठी हुन्छ रहस्यमयी स्वभावको हुन्छन् उसलाई बुझन धेरै गाह्रो पर्छ
  • जो मानिसको ओठको माथी बायाँ हात तर्फ कोठी हुन्छ सन्तानलाई धेरै माया गर्ने खालको हुन्छन् विश्वासका पात्र हुन्छन् उसको उदारताको कारण घरमा सुख समृद्धि बनिरहन्छ
  • बायाँ आँखाको कुनामा कोठी भएकाहरु प्रेमको लागि जे पनि गर्न तयार हुन्छन्
  • ओठको तल कोठी हुनेहरु असुरक्षाको भावनामा जीवन बिताउँछन

  • जो मानिसको ओठको आसपास कोठी हुन्छ मायालु स्वभावको हुन्छन् उसको आफ्नो पनको कारण पराई पनि चाडै आफ्नो बन्छन् यस्ता मानिसलाई हरेक कोहि मन पराउँछन्

 

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest