आचार्य प्रभा
तिम्रै शरणमा परेको छ
हेर त नेपाल आमाको आँखाबाट
कति अश्रुधारा झरेको छरु
तिम्रो न्यानो काखमा
शायद………………………,
देशले न्यानोपन पाउला
नारी भएर बुझे मात्र
तिम्रै आँखा रसाउला
छुनु हुन्न तिमीलाई
राजनीतिको मैलो रंगले
सम्हाल देशको बाग्डोर
साँचो र सहि ढंगले
कठोर नबनोस् तिम्रो मन
देशको आत्मा रोला
तिमी नै पत्थर बने
अरु कस्को मन पो छोला र
सुन त देशमा हल्ला
तिमी आउनुको खुशीमा
तिमी चाँही मुग्ध नबन्नु
लालाचीपनको कुर्सीमा
करोडौं नेपालीको आशाको
मुहान तिमी,
अब उदाउने सूर्यको
पहिलो बिहानी तिमी
तिमी नै देशको मालिक
तिमी नै अमर शालीक
अब नारी भनि कस्ले
गर्ला हेला अनि गालीरु
तिम्रै पछ्यौरीभित्र यो देश
अब लुक्नेछ,
नेपाल आमाको आँसु
त्यहि पछ्यौरीले पुछ्नेछ
मान फेरि तिमी बन्यौ
नयाँ शिशुको आमा
देशरुपी यो शिशुको
दुखर भार अब तिमीले थाम
जोगाउ नारीको अस्मिता
शाहसिली बनेर,
तब जयगान गाउलान् तिम्रो
नारी महान भनेर………………………………………