“तिज विकृती होइन संस्कृती हो” शितलको

Tuesday, August 14th, 2018

  चक्र प्रसाद पोख्रेल,
काठमाण्डौः
कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी शितल पाण्डेले तीजको गीतलाई निरन्तरता दिने क्रममा यस वर्ष पनि लै वरि लै बोलको तीज गित बजारमा ल्याएकी छन ।नेपाली नारीहरुको विशेष पर्व तिजलाई लक्षित गर्दै हरेक वर्ष उनि तिजको गीत समेत गाँउदै आएकी छिन ।आधुनिक गित तथा गजल गायिका भएपनि उनि आफ्नो संस्कृति बचाँउनका लागि पनि तिजको गित गाएको बताँउछिन । उनका विगतका तिज गितहरु पनि समाज, संस्कृति, तिजको रौनकताले जुराएका भेटहरु, परिवार सार्थीभाईहरु बिचको मेलमिलाप र सदभावलाई नै जोड दिएका छन ।
विगत तिन वर्ष देखी तिज गाँउदै आएकी शितलले यसपटक विगतमा गाएका तिज गितहरुबाट स्रोताको राम्रो प्रतिक्रिया पाउनुको साथै थप होैसला प्रदान भएकोले आफु पनि थप उत्साहित भएर यसपटकको गित गाएको बताँउछिन । यो पटक उनले गाएको लै वरि लै गित तिजको चौथो रहेको छ । संस्कृति वचाँउदै तिजको आगमनले सवै फुरुक्क भएको त्यसै गरि वर्खे झरिले गंगा उर्लेको, वर्ष दिनमा आएका चाड तिजले मन चंगा भएको, मनमा खुसी बोकेर माइत गएको र तिजमा लाजनै नमानी नाचेर रमाईलो गरेको, दिदि वैनी सवै भेला हुँदा परिवारमा भएको खुसीयाली, त्यसै गरि भडकिलो गरि नभई आफ्नै पाराले रिती र थिति र संस्कृति जोगाई चाड पर्व मनाँउन सम्पुर्ण नेपालीहरुलाई आग्रह समेत गरेकी छिन ।रोहीत सुवेदीको शव्द र संगितमा सजिएको तिज गितमा अभिनय अन्जली अधिकारी र रिचा थापा रहेको छ भने निर्देशन स्मृती तिमलसिनाको रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest