तीनजनाले गरे एकैसाथ आत्महत्या

Sunday, October 21st, 2018

चक्र प्रसाद पोखेल ,
काठमाण्डौ ः भारतको हरियाणामा पर्ने फरिदाबादमा एकै परिवारका तीन दिदीबहिनीसहित भाइले एकैसाथ आत्महत्या गरेका छन् । फरिदाबादको दयाल बाग कोलोनीमा छिमेकीको सूचनाका आधारमा पुलिसले जाँच गर्दा चारजनाको शव फेला परेको हो । उनीहरु सबै ३७ देखि ४२ वर्ष उमेरकारहेको इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
उनीहरुले केही दिन अघि नै आत्महत्या गरेको पुष्टि भएको छ भने शव भेटिएको ठाउँमा सुसाइड नोट पनि भेटिएको र जहाँ कसैलाई पनि घटनाको जिम्मेवार बताइएको छैन । छिमेकीले दिएको सूचना अनुसार उनीहरुको बुबा आमाको पहिले नै मृत्यु भएको थियो । घरमा लामो समयदेखि कोही आवतजावत नभएको र घरबाट गन्ध आउन थालेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । हरियाणा पुलिस र फोरेन्सिक विशेषज्ञ टोलीले यस घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । उनीहरुको शवसँगै भेटिएको सुसाइड नोटमा आमाको मृत्यु भएको र आमाबिना बाँच्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest