तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको भाउ

Tuesday, January 5th, 2021

काठमाण्डौ :सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ ९६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ ९५ हजार ३ सय रुपैयाँ थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १९ सय ४० डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने सम्भावना रहेकाले नेपाली बजारमा पनि भाउ बढ्ने सम्भावना देखिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताएका छन।

उनकाअनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर रहेकाले लगानीकर्ता सुनमा आकर्षित भएका छन् । यसले गर्दा भाउ अझै बढ्ने अनुमान गरिएको हो । यस्तै, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ३५ रुपैयाँमा पुगेको छ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest