दशैंका लागि हेल्थ केयर टिप्स

Wednesday, October 10th, 2018

डा. प्रकाश बन्जाडे
नेपाल मेडिसीटी हस्पिटल, ललितपुर
चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । स्वस्थ्य दिनचर्याका लागि महत्वपूर्ण प्रश्न हो यो । दिनमा धेरै खाना सेवन गर्नु वा एकदमै कम खाना खानु दुबै राम्रो मानिदैन । शरिरको आवश्यक्ता अनुसार उचित आहार गर्नुपर्छ, जसले शरिरलाई निरोगी र उर्जावान् बनाइराख्छ । चाडबाडमा दीर्घरोगीहरूले खानपिनमा ध्यान नदिँदा गम्भीर अवस्थामा अस्पतालमा पु¥याउनुपरेका थुप्रै उदाहरण छन् । भेटघाट, रमाइलो गर्नेभन्दा पनि स्वादको पछाडि लागेर खानपिनमा सामान्य हेलचेक्र्याइँ गर्दा धेरैको चाडबाड अस्पतालमा बित्ने गरेको हुन्छ । खास गरेर विभिन्न औषधि उपचारका क्रममा रहेका व्यक्तिले खानपानले गर्दा तिनीहरुको स्वास्थ्यमा नराम्रो असर पर्नसक्छ ।
मासु कति र कसरी खाने ः एउटा जवान मान्छेले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानु राम्रो हुन्छ । विश्व स्वास्थ्य संगठनले १ केजी तौल भएको मानिसलाई १ ग्राम प्रोटिन आवश्यक हुन्छ भनेको छ । २ सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्रामसम्म प्रोटिन हुने हुँदा दैनिक त्यति मासु खाँदा फाइदाजनक नै हुन्छ । छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ । रातो मासु हैन, सेतो मासु खानु राम्रो हो । बिरामीले बोसो नभएको मासुलाई उसिनेर मात्र खानुपर्छ । उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खाँदा राम्रो र स्वादिष्ट हुन्छ । स्वस्थ मानिसले पचाउन सक्ने कवाफ बनाएर खाँदा रामै्र हुन्छ । मासुलगायत दसैंमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मोटोपन बढ्ने, ग्याँस्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो । त्यसका लागि दैनिक व्यायाम गर्ने, नियमित रूपमा कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हिँड्ने गरेमा खाना पचाउन सहयोग पुग्छ । ग्याँस्ट्रिक कम गर्नका लागि उसिनेको र रसयुक्त मासु खानु राम्रो हुन्छ । त्यसका साथै बढी खानाले असहज महसुस भए कागती पानी खाने, ज्वानोको झोल बनाएर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ । अनुसन्धानअनुसार, माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले तन्तु र धमनीसम्म पुगेर मुटुको सुरक्षा गर्छ । तर बढी तेलमा तारेर, भुटेर माछा पकाउँदा यसमा भएको ओमेगा–३ प्mयाटी एसिड नष्ट हुन्छ, जसले गर्दा यसले पुर्याउने फाइदा हराएर जान्छ भने तेल आदिको माध्यमले शरिरमा अतिरिक्त बोसो पुग्छ ।
बिरामीले के खाने, के नखाने ?
मुटुरोगका बिरामी तथा उच्च रक्तचाप भएका बिरामीले विशेषगरी चाडबाडको समयमा स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । रातो मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछामासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुराबाट पनि टाढा रहनुपर्छ । अधिक बोसोयुक्त मासु, मद्यपान र धूम्रपान गर्नु अल्पकालीन तथा दीर्घकालीन मुटु रोगलाई निम्तो दिनु हो । मुटुमा असर बढ्दै जाँदा यसको असर शरिरका अन्य भागमा पनि देखिन्छ । शरिरमा ट्राइल्गिसराइड र युरिक एसिडको प्रतिशत बढ्ने गर्दछ । धेरै मद्यपानले मुटुको चाल अनियमित गराउने गर्दछ । चाडबाडका वेला मात्र मद्यपान गर्नेलाई अल्पकालीन र अरू वेला पनि गर्नेलाई दीर्घकालीन स्वास्थ्य समस्या देखा पर्नसक्छ । मुटुको चाल गडबडी हुँदा मुटुभित्र रगत जमेर मस्तिष्कघात समेत हुनसक्छ । मासुको परिकार धेरै चिल्लो हुने भएकाले उच्च रक्तचाप भएकाले यस्तो परिकार खानु हुँदैन । रातो मासु र चिल्लो दुवै रक्तचापका बिरामीलाई हानिकारक हुन् । यो समयमा स्वास्थ्यको समस्याबाट जोगिन रातो मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा र माछा पनि धेरै नखाने, चिल्लो बढी भएका माछामासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन । मुटुका बिरामीहरूले एक–दुई टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानु नै सबैभन्दा उत्तम उपाय हो ।
मधुमेहका बिरामी ः बोसो धेरै भएको खानाले शरिरको तौल बढाउँछ । सेलरोटी, फिनी, अनरसा आदिमा चामल, मैदा, घिउ, तेल र चिनीको मात्रा बढी हुन्छ । तारेका तथा बोसोजन्य खाना हत्तपत्त खानुहुन्न । चाडबाडको समयमा मधुमेहका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन । यस्ता बिरामीले आलुको अचार, ड्राइफुड, जंक फुड, बोसो भएको मासु नखानु बेस हुन्छ । बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सक्खर, तेलमा तारेका खाना वा बोसो जन्य उत्पादन आदि खानु हँुदैन । धुम्रपान र मद्यपान गर्नु हुँदैन । मधुमेहीले थोरै मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा कर्नफ्लेक्स, चाउमिन, गेडागुडी खान हुन्छ । माछा, मासु, अन्डा, फलफूल, वनस्पति तेल थोरै खाने तर स्वास्थ्यको ख्याल गरेर । मधुमेहका बिरामीहरुले मद्यपान गर्दा उनीहरुको शरिरमा ग्लुकोजको मात्रा कम भएर थाहै नपाइ ज्यानसमेत गुमाउन सक्छन् । मद्यपानका कारण व्यक्ति सुतेको छ भन्ने भान अरुमा परेमा उसले समयमै आवश्यक सहयोग नपाउने संभावना निकै बढ्छ ।
मधुमेहका रोगीले स्वस्थ मानिससरह हरियो सागसब्जी, करेला, काउली, गोलभेडा, इस्कुस, घिरांैला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुंगो, गाँजर, कागती आदि खान मिल्छ । यस्तै पेय पदार्थमा चिनी तथा घ्यु नभएका चिया, कफी, सुप खान सकिन्छ । खाना खानै परे पनि नियमित क्रियाकलाप र शारिरिक व्यायम पनि गर्न जरुरी छ ।
कलेजोका बिरामी ः विशेषगरी मदिरा, बोसोयुक्त र चिल्लो खानाकै कारण कलेजोमा समस्या निम्तने हो । चाडबाडको समयमा खानामा ध्यान नदिँदा कलेजो बिग्रन सक्छ । मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ । रक्सीलाई पचाउने काम कलेजोको हो । कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यस क्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । ऊर्जा खर्च भएन भने त्यो बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुन पुग्छ । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । यसका लागि नियमित व्यायाम गर्न जरुरी छ । अप्राकृतिक रंग र फ्रूट जुसमा प्रयोग गरिने रसायनले ग्याष्ट्रिक, झाडाबान्ता र कलेजोमा एलर्जी हुनसक्छ अत्यधिक रक्सी सेवनले शरिरमा सुगरको मात्रा घटेर बेहोश हुने हुन्छ, ग्याष्ट्रिक हुनेहरूलाई त झनै समस्या हुन्छ । मद्यपानका कारण बिरामीमा दिसा र वान्ताबाट रगत जाने समस्या पनि देखिन सक्छ ।
मिर्गौला रोगी ः दसैंमा अनेक परिकारसँगै मसालेदार र अधिक चिल्लो भएका खानेकुरा बढी प्रयोग हुन्छ । यसका साथै मदिरा पनि अत्यधिक मात्रामा पिउने गरिन्छ । चिल्लो र मदिराको अव्यवस्थित खानपानका कारण मिर्गौला असन्तुलन हुन गई फेलसमेत हुन सक्ने सम्भावना रहन्छ । त्यस कारण मिर्गौला रोग लागिसकेकाले चाडबाडमा मासु र अत्यधिक चिल्लो खानु हुँदैन । सामान्य समस्या देखिएकाले पनि मदिरा र खानपिनमा ध्यान नदिँदा मिर्गौलाको नियमित प्रक्रियामा असर पुग्न सक्छ । मद्यपानसँगै बासी र बढी बोसोयुक्त मासु शरिरले पचाउन नसक्दा असर मिर्गौलामा पर्छ। मिर्गाैलाका रोगमा खास गरेर पत्थरी भएकाहरु, मूत्र संक्रमणबाट पीडित, यूरिक एसिड, रक्तचाप उच्च भएकाहरु मध्यपानबाट झन पीडित हुन्छन् । त्यस्तै प्रोष्टेट ग्रन्थी वा अरु कुनै कारणले पिसाब फेर्न बल गर्नुपर्ने समस्याका बिरामी, पटकपटक पिसाब फेरिरहनुपर्ने बिरामीलाई मद्यपानले थप समस्या निम्त्याउने गर्छ ।
मनोरोगः चाडबाडको खानपानमा नियन्त्रण राख्न नसक्दा मनोरोगको सम्भावना हुन्छ । रमाइलो गर्ने नाममा अत्यधिक मद्यपान र मासुले मनोसामाजिक समस्या देखिन्छ बढी मासु र मद्यपान खाँदा मानिसमा उत्तेजना, रीस र झर्काे मान्ने जस्ता समस्या देखिन्छन् । मानसिक रोगको प्रमुख कारण शारिरिक रोग भएको तर धेरैले यसप्रति विचार पु¥र्याएको देखिदैन। अत्यधिक मदिरा सेवनले एकैपटक दुई प्रकारकै समस्या निम्त्याउँछ ।
सन्तुलितः खानपानमा संयमता नै समस्याबाट बँच्ने एकमात्र उपाय हो । माछा, मासु, मदिरा र ड्राइफूड सकेसम्म थोरै खानुपर्छ । चिल्लो मसालेदार खाना र मदिरा खाइहाले कम्तीमा तीन लीटरसम्म पानी पिउनुपर्छ । चाडबाडका वेला रातो मासु र मदिरा कम गर्नु नै रोगको प्रवेश रोक्नु हो । जिब्रोलाई स्वादिलो लाग्ने रातो मासुमा चिल्लो र बोसोको मात्रा बढी हुन्छ । त्यसैले कोलेस्टोरेल बढाउँछ । अनी रातो मासु खानै परे बिरामीले बोसो तथा छाला निकालेर मात्र खानु पर्छ । स्वस्थ्य व्यक्तिले एक हप्तामा तीन पटकसम्म मदिरा पिउन सक्छन् । एक पटकमा पुरुषले ६० र महिलाले ३० एमएलसम्म पिए हानि गर्दैन । भनाई नै छ स्वस्थ नै ठूलो धन हो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest