दशैंको मेकअप

Thursday, September 26th, 2019

मुना कार्की, ब्युटीसियन
एस एण्ड एम ब्युटी सलोन
दशैं नेपालीहरुको महान अनि ठुलो चाड हो । राष्ट्रिय चाड समेत मानिने दशै हिन्दु धर्मलम्बी हरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन देखि नवमी सम्म शक्तिको आराधना गरि दशौं दिन बिहान दशमीका दिन टीका प्रसाद ग्रहण र विशेष रूपमा पूर्णिमा सम्म मनाउने गरिन्छ। वर्षमा एकपटक आउने दशैंमा राम्रो लुगा, गहना र राम्रो मेकअप गर्ने चाहना सबै महिलामा हुन्छ । सर्बप्रथम मेकअप गर्नू अघि आफ्नो फेस कुन टाइप को हो त्यो हामी सबैले जन्नु एकदम जरुरी हुन्छ । जस्तो कि ओइलि, ड्राइ हो भन्ने कुराको जानकारी लिन जरुरी छ । आफ्नो फेसको टाइपको जानकारी भए पछि आफ्नो फेसलाई सुट गर्ने प्रोडक्ट लगाउनु पर्छ । साथै आँखामा गरिने मेकअप पनि विभिन्न कुरामा ध्यान दिनु अत्यन्त जरुरी छ ।आफ्नो पहिरन जुन रंगको छ त्यहि रङ अनुसार म्याच गरेर मेकअप गर्दा झन बढि आकर्षक देखिन्छ ।मेकअप गर्दा प्रोडक्टहरु वाटर प्रुफ भयो भने झन् राम्रो हुन्छ किनकी यसले मेकअपलाई दिनभरि टिकाइ रहन मद्दत गर्छ । दशैंको मेकअप गर्दा धेरै हेवी पनि नगर्न‘ होला भरसक साधारण अनि प्राकृतिक देखिने मेकअप गर्दा राम्रो हुन्छ ।

दशैंमा गरिने मेकअपको लागि हामी लाई के के चाहिन्छ, यहाँ बताइएको छ :
-दशैंको मेकअपमा ध्यान दिनु पर्ने कुराहरु मेकअप अघि मुहारमा क्लिजिङ टोनर र मोस्चराइजर लगाउनु पर्छ ।
-आफ्नो स्किन जुन कलर को छ त्यहि अनुसार प्राइमर लगाउनु पर्छ ।
-मुहारमा भएको दाग धब्बाहरु छोप्न कन्सिलर प्रयोग गर्नुपर्छ ।
-बेस फाउन्डेसन गुणस्तरीय तथा वाटरप्रुफ हुनुपर्छ जस्ले गर्दा राम्रो फिनिसिङ आउँछ ।
-पाउडर राम्रो हुनुपर्छ जस्ले फाउन्डेसन लाई फिक्स गरि मेकअप लाई फिनिसिङ दिन मद्दत गर्छ ।
-आँखाको मेकअपलाई लामो समय सम्म टिकिरहोस् भन्नको लागि प्राइमर प्रयोग गर्न सकिन्छ ।
-आँखा तथा लिप मेकअपमा ध्यान दिनुपर्छ ।
-एनटासिया बिवली हिल्सको दिप ब्रो मिडियम ब्राउन प्रयोग गर्नु पर्छ ब्रोजको लागि ।
-मोर्र्फीको ब्लसर प्रयोग गर्दा राम्रो हुन्छ ।
-लिपको कलर पनि वाटरप्रुफ लगाउँदा राम्रो हुन्छ ।
-अन्तिममा फेस सेट गर्नको लागि सेटिङ्ग स्प्रे प्रयोग गर्ने ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest