दशैं शुभ बनोस्

Tuesday, October 1st, 2019

अहिले हामी दशेैंको शुरुवातमा छौ । बर्षदिनको यो दशैंले हामीमा उत्साह उमंग लिएर आउदै छ । आफ्ना आफन्त सँग भेट गराउदंै छ, चिसिएको सम्बन्धलाई पुनः न्यानो बनाउने अवसर प्रदान गर्दै छ । दशंै अर्थात देवी शक्तिको पुजा गर्ने चाड, देवीका विभिन्न रुपलाई हामी नवरात्रीमा नवदेवीको रुपमा पुजा गर्दछौ । नारीका शक्तिका रुप हुन् नवदेवी । बिभिन्न रुपमा धर्ममा नारीलाई शक्तिशाली बनाएको छ । उनको महिमा अपरम्पार छ । अहिलेको समाजमा पनि नारीले कैयांै भूमिका एकसाथमा गर्दै आएका छन् । मायाकी खानी, दयाकी खानी नारीले आवश्यक पर्दा कालीको रुपमा पनि प्रस्तुत हुन सक्ने क्षमता राख्छन् भन्ने उदहारण हो विजया दशमी । दशैं भनेको नारी शक्तिको विजय भएको दिन पनि हो । देवताहरुले राक्षसलाई जित्न नसकेर पार्वतीको आरधना गर्न पुगेका थिए । दुर्गा भनेकी पार्वतीकी रुप हुन् । हरेक नारीमा पार्वती र काली दुबैको गुण हुन्छ भन्ने कुरालाई हाम्रो धर्मशास्त्रले बुझाउन खोजेको छ ।
पछिल्लो समयमा महिला तथा बालिका माथी हुने हिंसाका घटनाहरुले मिडियामा छाएका छन् । दाइजोको नाममा, वोक्सीको नाउँमा या विभिन्न बाहनामा कुटिएको छन्, जलाइएका छन्, घरबाट निकाला भएका छन्, बालिकाहरु बलात्कारका शिकार भएका छन्, ज्यान गुमाएका छन् र घरभित्र हिंसा सहेर बस्न बाध्य भएका छन् । हाम्रो समाजमा पनि राक्षसी प्रवृतिका मानिसको कमी छैन जसको कारण आज महिलाले मानव सरह बाच्नबाट बञ्चित भएका छन् । अब नारीले दुर्गाको रुप कालीको रुप धारण गर्ने बेला आएको छ, आफ्नो अस्तित्वलाई जोगाउन, आफुमाथी हुने अन्याय अत्यचारको सामना गर्न कालीको रुप लिनु पर्ने बेला आएको छ । पुरुषमा देवता र दानव दुबैको गुण छ । त्यसैंले महिलाको अन्याय बिरोधि कदमलाई पुरुषहरुले पनि साथ दिनेछन् र दिनुपर्ने छ । किनकि पुरुष छोरीको पिता हो, दाइ हो, छोरा हो, श्रीमान हो उ आफ्नो छोरी, आमा, दिदी बहिनी माथी हिंसा भएको हेर्न चाहदैन । त्यसैले नारीमा आफ्नो लागि लड्न, अन्यायको बिरुद्धमा आवाज उठाउन, हिंसा बिरुद्धमा उत्रन सक्ने शक्ति मिलोस् दशैं सबैको लागि शुभ बनोस् , नवनारीका तर्फबाट समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest