यसरी भएको थियो श्रेया सुनारको बलात्कारपछि हत्या

Wednesday, September 26th, 2018


सञ्जु श्रेष्ठ,
पोखरा ः पोखराको पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या गर्ने कुसुम पौडेल पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै कास्की प्रहरीले मंगलबार राति ११ बजे २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । बालिका हत्यामा संलग्न रहेको आंशकामा प्रहरीले कुसुमसहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेलमात्र दोषी देखिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिएका छन ।पौडेलले घटनामा आफू संलग्न भएको स्वीकार गरिसकेका छन् । उनले रक्सी र गाँजाको सुरमा यस्तो काम भएको बयान दिएका छन् । घरमा श्रीमती र छोरा रहेका कुसुम बुबा आमासँग छुट्टै बस्दै आएका थिए । उनी मलेसिया र कतारमा काम गरेर फर्केपछि डेढ वर्ष अघिदेखि घरमै थिए ।
सोमबार साँझ ६ बजे घरदेखि ५ मिनेटको दूरीमा पर्ने पसलमा ५ रुपैयाँ बोकेर बिस्कुट लिन गएकी श्रेया मंगलबार बिहान ८ बजे घर र पसलबीचको कोदीको झाडीमा मृत भेटिएकी थिईन् । बालिकाको शव रगताम्मे अवस्थामा भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेकोमा कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो ।त्यसैले प्रहरीले छिमेकी नै संलग्न भएको निचोडमा पुगेर खोजी तीव्र पारेको थियो । घटनास्थलबाट श्रेयाको मामाघर २ मिनेट जति र अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ ।
मामाघर नै बसेर स्थानीय लीला आधारभूत माविमा ३ कक्षामा पढ्ने श्रेया मंगलबार स्कुलबाट आएपछि हजुरआमासँग ५ रुपैयाँ मागेर पसल गएकी थिईन् । टिभी हेरेर बस भनेर मामा र हजुरआमा घाँस काट्न गएपछि पसल हिँडेकी श्रेया घाँस काटेर घर आउँदा नदेखेपछि हजुरआमा, मामा लगायत छिमेकीले खोजी गरेका थिए । झाडीमा माथिको कपडा घाँटीसम्म सोहोरिएको, तल घुँडामुनि सुरुवाल झरेको अर्धनग्न अवस्थामा भेटिएकी श्रेयाको बलात्कारपछि नै हत्या भएको भन्दै स्थानीयले मंगलबार नै प्रहरीसमक्ष दोषीलाई कार्बाही गर्नुपर्ने तथा घटनामा संलग्नलाई ढाकछोप नगर्न अनुरोध गरेका थिए ।
श्रेयाकी आमा बेली विक बिरामी छन् । लामो समय अस्पताल बसेकी बेली पूर्ण रुपमा स्वस्थ्य नहुँदै फेरि अर्काे बज्रपात बेहोर्नु परेको छ ।श्रेयाका आमाछोरीलाई छोडेर कान्छी श्रीमती भित्र्याएका श्रेयाका बाबुले उनीहरुलाई वास्ता गर्न छोडेको धेरै भइसकेको छ । श्रीमानको हेपाई सहन नसकेर बेलीले छोरी श्रेयालाई साथमै लिएर माइत बस्दै आएकी थिइन् ।यसैबीच श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले बृहत जुलुससहित विरोध जनाएका छन् । पुम्दीभुम्दीको कोदीबाट निस्किएको जुलुुुस जिल्ला प्रहरी कार्यालय कास्की आइपुगेको थियो ।उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने महिला हिंसा अन्त्यका लागि दवावमुलक नाराबाजी गरेका छन् ।

यसरी भएको थियो श्रेया सुनारको बलात्कारपछि हत्या

 

श्रेया मामाघर नै बस्थिन्। स्थानीय लीला आधारभूत माविमा उनी ३ कक्षामा पढ्थिन्। सोमबार पनि उनी स्कुल गइन्। स्कुलबाट घर फर्किदा हजुरआमा नातिनीसँगै घर फर्के।

कपडा फुकालेपछि ‘भोक लाग्यो’ भनिन्।

‘माइजुले खाजा बनाएको होला खाऊ’ भनेर हजुरआमाले भनिन्।

‘पाँच रुपैयाँ लेऊ’ भन्दै ढिपी कसिन्। हजुरआमाले पाँच रुपैयाँ दिइन्।

‘टिभी हेरेर बस’ भनेर मामा र हजुरआमा घाँस काट्न गए।

घाँस लिएर आउँदा श्रीया भेटिनन्। खाजा पसल त्यो गाउँकै जक्शन हो। जहाँ बेलुकी समय भीडभाड हुने गर्दछ। केटाहरू भेला हुन्छन्।

स्थानीय २७ वर्षीय कुशुम पौडेलले पसलमा रक्सी खाए। उसको ग्याङमा ५ जना थिए। कुशुमले ब्याग पनि बोकेका थिए। प्रत्यक्षदर्शीका अनुसार ऊ असिन पसिन देखिन्थ्यो ।

बेलुकी ५ बजेपछि पाँच जना आआफ्ना घरतिर लागे। पसलमा खुकुरी चुरोट किने अनि कुशुम पनि घर हिँडे।

श्रेया हातमा पाँच रुपैयाँ नोट बोकेर आइरहेको देखे। कोदीको झाडी भएको ठाउँ देखेपछि कुशुमको मनमा एकाएक पाप पलायो।

उसले आफूतिर बोलाए।

‘५ रुपैयाँ लिएर पसल हिँडेको? आउ म दिन्छु पैसा’ भने, हजुरआमासँग ५ रुपैयाँ पाएर फुर्फुर हुँदै गएकी बालिका छिमेकी मामाले भनेपछि नजाने कुरै भएन।

त्यसपछि कुशुमले श्रेयालाई समाते। श्रेया रुन कराउन थालिन्। कुशुमले बालिकाको घाँटीमा समाते। झनै कराउन थालेपछि भिरालो झाडीमा फालिदिए। त्यसपछि, आफैं बाटो तल झरेर अर्धबेहास् श्रीयाको शरीरमाथि खेले। बालिका रक्ताम्ये भइन्। इज्जत मात्र लुटेनन्, तिखो ढुंगाले अनुहार टाउको क्षतविक्षत हुने गरी ढुंगाले कोपे। जमिन खोस्रेर टाउको माटोमा गाडिदिए। त्यसपछि कुशुम घर फर्के।

घरमा श्रीमती र ८ वर्ष जतिको छोरा छ। कुशुमले कसैले थाहा नपाउने गरी कपडा धोए र सुकाए।

श्रीयालाई राति अबेरसम्म खोजी गरियो भेटिएन। बिहान स्थानीय तुलसी प्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिँडे। बाटोमा डिल भत्केको देखियो। झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामामाथि कपडा सोहोरिएको, तल घुँडामुनि सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे। हजुरबुबा प्रहरीलाई खबर गर्न झरेका थिए।

मंगलबार बिहान ८ बजेतिर शव भेटिएपछि प्रहरीलाई शव भेटिएको जानकारी प्राप्त भयो। वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्कीसहितको टोली मुभ भयो।

लगत्तै कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर राना घटनास्थल सोझिए। तालिम प्राप्त कुकुर साथमा थियो। कुकुर १०० मिटर वरपर अलमलियो।

केहिबेरको अवरोधपछि चिनेकै चिकित्सक समावेश र स्थानीयको रोहवरमा पोष्टमार्टम हुनुपर्ने शर्तमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव ल्याइयो। चिकित्सकले बलात्कार भएको त्यतिबेलै स्थानीयलाई गोप्य रूपमा भनेको बालिकाकी ठूलोबुबा मिनबहादुर विकले बताए ।

कास्की प्रमुख एसपी राना, प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङ, वैदाम प्रमुख डिएसपी कार्कीसहितको जिल्ला टिमले अन्ततः राति ११ बजेपछि अभियुक्त पक्रन सफल भयो। सुरूमा ६ जना नियन्त्रणमा लिएकोमा १ जना छाडेर रक्सी पिउने ५ जनाको समूहलाई केरकार गरियो।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest