दाइजोमा साइकल नल्याएको भन्दै महिला माथि डाडुले डामियो

Tuesday, October 2nd, 2018

 

दाइजोमा साइकल नल्याएको भनी एक महिलामाथि र्दुव्यवहार भएको छ । विवाहमा दाइजो नल्याएको भन्दै रुपन्देहीमा एक महिलालाई श्रीमानसहित सासू ससुराले डाडुले डामेमा हुन् । भैसहियाकी २३ वर्षीया अमरावती तेलीलाई श्रीमान सासू, ससुरा मिलेर डाडुले डामेका हुन् ।

पीडितले प्रहरीमा उजुरी दिएसँगै घटना बाहिर आएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तातो डाडुले डाम्ने श्रीमानसहित सासु, ससुरा विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्धा दर्ता गरिएको छ ।
उजुरी परेको भोलीपल्ट असोज ८ गते श्रीमान २३ वर्षका गोविन्द तेली र ६५ वर्षीय ससुरा मेघा तेलीलाई पक्राउ गरी मुद्धा दर्ता गरिएको जनाइएको छ । फरार रहेकी ६० वर्षीया सासू बगौडी तेलीको भने खोजी भइरहेको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest