दाङमा बँदेलको आक्रमणबाट चार जना गम्भीर घाइते

Sunday, January 3rd, 2021

दाङ :जंगली बँदेलकाे आक्रमणबाट दाङमा चार जना गम्भीर घाइते भएका छन् ।शनिबार दाउरा काट्न बकेन सामुदायिक वनमा गएका आठ जनामध्ये चार जनालाई बँदेलले आक्रमण गरेको प्रत्यक्षदर्शी विनिता चौधरीले जानकारी दिए ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँका ४० वर्षीया हिरादेवि चौधरी, २ नम्बर वडा डोढइका ८ वर्षीय शिरीष गिरी, त्यही ठाउँका ५५ वर्षीया धनिया चौधरी रहनु भएको छ । घाइते एक जनाको नाम र ठेगाना खुल्न सकेको छैन ।

घाइतेहरूको खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेमध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest