दीपशिखाको खुशी हुँदा सार्वजनिक

Friday, August 24th, 2018

भारतको उडिसामा निर्माण हुने उडिया भाषाका चलचित्रकी लोकप्रिय गायिका दीपशिखा पछिल्लो एक दशकदेखि नेपालमा रहेर नेपाली गीत सङ्गीतमै सक्रिय छिन् । झण्डै एक दर्जन नेपाली गीत गाइसकेकी यी गायिका भर्खरै मात्र एउटा नयाँ आधुनिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । दीपशिखाको स्वरको ‘खुशी हुँदा‘’ गीतको भिडियो सार्वजनिक भएको छ ।

विशाल भण्डारीद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री केकी अधिकारी तथा मोडल जीवन भट्टराईको रोमान्टिक जोडीलाई चित्रण गरिएको छ । हरि लम्सालद्वारा सङ्गीतबद्ध उक्त गीतका शब्दहरु विद्या अनामिका तिवारीले रचना गरेकी हुन् । सचिन सिंहले उक्त गीतमा सङ्गीत संयोजन गरेका छन् ।

अर्जुन अधिकारी तथा उनको समुहले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।
लामो समयदेखि वीरगञ्जमा बसोबास गर्दै आइरहेकी गायिका मिश्र गायन कलालाई निरन्तरता दिनु पर्छ भन्ने सोचर नेपाली गीत गाउन थालेको बताएकी छिन् ।

छ वर्षको उमेरमै पहिलो पटक अल इन्डिया रेडियोमा भक्ति सङ्गीतमा आधारित गीत रेकर्ड गराएकी गायिका मिश्रले त्यसयता नेपाली, हिन्दी, उडिया, बाङ्ला तथा संस्कृत भाषाका गरी झण्डै एक सय भन्दा बढि गीत रेकर्ड गराइ सकेकी छिन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest