दुई किशोरीमाथि अज्ञात व्यक्तिद्धारा तेजाव प्रहार

Wednesday, September 12th, 2018

चक्र प्रसाद पोख्रेल
रौतहट ःगएराती दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव प्रहार गरेका छन रौतहटको चन्द्रपुर नगरपालिका वडा ६ बजारटोलमा चन्द्रपुर ६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया वहिनी सुस्मिता दासलाई मंगलबार राती करीब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव छ्यापेर भागेको प्रहरीले जनाएको छ ।
राति घरमा सुतिरहेको अवस्थामा दुबैजनाको अनुहारमा तेजाव छ्यापिएको प्रहरीले बताएको छ ।शरीरमा तेजाव परेर घाइते दुबै दिदीबहिनीको काठमाडौ स्थित कीर्तिपूर अस्पतालमा उपचार भइरहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी युवराज खडकाले बताए ।
अज्ञात व्यक्तिले ढोका खोलेर सुतिरहेका छोरीहरुको अनुहारमा तेजाव फ्याकेर भागेको पीडितका बुवा जादोलाल दासले बताए । सम्झनाको अनुहारमा र आँखामा तेजावका कारण धेरै चोट लागेको छ भने सुस्मिताको टाउको र अनुहारमा तेजावका कारण घाउ भएको छ । सम्झानाले कक्षा सात पढेर छोडेकी थिइन् भने सुस्मिता कक्षा ५मा पढ्दै छन ।फरार व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताएका छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest