दुई तले भवनमा ठोक्किएर ९५ यात्रु बोकेको जहाज दुर्घटना,सातजनाको मृत्यु

Friday, December 27th, 2019


काठमाण्डौ :कजाकस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटना भएको छ । अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सात जनाको ज्यान गएको पुष्टि भएको छ ।

हवाई जहाजमा १०० जना मानिसको सङ्ख्या रहेको अधिकारीहरुले बताएका छन् । जसमा ९५ जना यात्रु र पाँच जना हवाई जहाजका सदस्य थिए ।अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान कजाकस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest