चक्र प्रसाद पोख्रेल
दैलेखः दैलेखको महाँबु गाउँपालिका वडा.नम्बर ३,बाँसीमा आज एकजना महिलाको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा महाँबु गाउँपालिकाकी उप प्रमुख प्रेम कुमारी बुढाकी बहिनी मन्दिर सिंह बुढाकी कान्छी श्रीमती चन्द्रा बुढा रहेको स्थानियवासिले बताएकाछन । आज सनिबार दिउसो घास काट्न खनियाको रुखमा चढेकोबेला रुखबाट लडेर टाउकोमा गम्भिर चोटलागेकी चन्द्रालाई घरमा ल्याएर थप उपचारका लागी सदरमुकाम दैलेख लिनका लागी एम्बुलेन्स मगाइएको तर एम्बुलेन्स आइनपुग्दै उनको ज्यान गएको स्थानियवासीले जानकारी दिए।