चक्र प्रसाद पोख्रेल,
दैलेख :विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९)बाट जोगीन नेपाली काँग्रेस महाबुले मास्क र हातधुने साबुनसहित सचेतना फैलाउन गाउँ प्रवेश गरेको छ ।महाबुगाउँपालिकाका सबै स्वास्थ्यकर्मी,हेल्थ डेक्समा बसेका सुरक्षा कर्मी र स्वास्थ्यकर्मी दलित तथा विपन्न समुदाय का सबै घरधुरीमा पुगेर जनचेतना सहित साबुन र माक्स बितरण गरेको हो ।
जिल्ला कार्यसमिती सदस्य झलक भण्डारीको नेतृत्वमा गाउँपालिका प्रवेश गरेको उक्त टोलिले १२ सय वटा मास्क र १२ सय सावुन वितरण गरेको जनाइएको छ ।भण्डारीका अनुसार विशेष गरि दलित विपन्न परिवार बृद्धवृद्धा हरुलाई हस्तान्तरण गरिएको छ ।
टोलिले लग डाउनको अवस्था भएपनी जिल्ला प्रशासन कार्यालय मार्फत स्वीकृति लिई अभियान सन्चालन गरेको क्षेत्रीय कार्य समिती सदस्य मन्जु पाण्डेले बताईन ।उक्त टोलिमा क्षेत्रीय कार्य समिति सदस्य भक्त रावत,व्यवसायी कृष्ण कुमार दाहाल, पूर्ण प्रसाद पाण्डे, भिम थापासहितको टोलि रहेको छ ।