दैलेखको महाबु गाउँपालिकाले ५० लाख र नारायण नगरपालिकाले ३० लाखको राहत कोष

Tuesday, April 7th, 2020

चक्र प्रसाद पोख्रेल
दैलेख:कोरोना भाइरस कोभिड १९ विरुद्धको रोकथामको लागी दैलेखको महाबु गाउँपालिकाले ५० लाखको राहत कोष खडा गरेको छ । पालिकामा क्वारेन्टाइन निर्माण गर्न कोही कोरोनाका शंकास्पद बिरामी देखिए उपचारका लागि राहत कोष खडा गरिएको गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले बताए । साथै शुक्रवार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका एक वडाबाट अर्को वडामा जान वडाको सिफारिस अनिवार्य गरेको छ ।

भारत लगाएत अन्य मुलुकबाट पालिका भित्रिने मानिसको संख्या बढ्दै गएकाले अनिवार्य सिफारिसको व्यवस्था गरेको बताएका छन् । उता दैलेखकै जेठो नगरपालिका नारायण नगरपालिका दैलेखले पनि ३० लाखको राहत कोषको स्थापना गरेको छ । लकडाउनको समयमा विपत्मा परेका विपन्नलाई राहत वितरण गर्न, नगरपालिकाभित्र क्वारेन्टाइन र आइसोलेसन बेड निर्माण् लगायत कामका लागि कोष बनाइएको बताइएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest