दैलेखको महाबु गाउँपालिकाले आफ्ना पालिका भित्र पर्ने वडाहरुमा राहत वितरण गर्दै

Tuesday, April 21st, 2020

वडा नम्बर १,२र ३ मा राहत बाडेर सकियो अब ४,५र ६ मा पनि क्रमशः वितरण गरिने

चक्र प्रसाद पोख्रेल

दैलेख :दैलेखको महाबु गाउँपालिकाले आफ्नोे पालिका भित्र पर्ने वडाहरुमा दलित तथा अति विपन्न परिवारहरुलाई राहत वितरण गरिरहेको छ ।गाउँउपालिकाले कोरोना रोकथामको लागी स्थापना गरेको ५० लाखका राहतकोष अन्तर्गतबाटै राहत वितरण शुरु गरेको अध्यक्ष जंग बहादुर शाहीले बताए ।उनका अनुसार हाल तत्काल अन्य विकास निर्माणमा खर्च गर्न नसकीने रकमलाई हामीले यतातिर खर्च गरेका हौ ।अध्यक्ष शाहीका अनुसार सबै वडाका गरिब तथा अति विपन्न परिवारलाई पहिचान गरेर राहत वितरण गरिदै छ चैत्र २६ र २७ गत्ते १ नम्बर वडा तथा हिजो र आज २र३ मा सकियो अब वडा नम्बर ४,५र ६ मा पनि छीटै राहत बाडीने बताए ।उनले भने हाल पसलहरु बन्द र गाडि नचलेको हुदा खाध्यन्न जुटाउन समस्या परेको छ तर पनि हामीले जुटाइरहेका छौ ।

 

 

 

 

 

वडा नम्बर १ खरिगैरा :वडा नम्बर १ खरिगैराका वडा अध्यक्ष हरिप्रसाद उपाध्यायले चैत्र २६ र २७ गत्ते दुइदिन लाएर राहत वितरण गरेका थिए ।उपाध्यायका अनुसार उनले आफ्नो वडाका जागीरे तथा आफ्नो परिवार पाल्न सक्ने वाहेकका करिब ७ सय परिवारलाई प्रति परिवार २५ किलो चामल,१ लिटर तेल,१ प्याकेट नुन,साबुन वितरण गरिएको र वडाका करिब ४ हजार जनालाई माक्स वितरण गरिएको बताए । उनले भने अहिलेको यो लकडाउनको समयमा धेरै हाम्रा दाजुभाईहरु रोजिरोटीको लागी भारत लगायत बैदेशीक रोजगारमा रहेको र उता पनि सम्पूर्ण काम बन्द भएको र त्यसको प्रत्यक्ष असर यता घरपरिवारलाई परेको हुदा यो सानो भएपनि राहतले उनीहरुलाई सहयोग पुग्नेछ ।

 

 

 

 

 

वडा नम्बर २ बडाखोला :त्यसैगरि वडा नम्बर २ बडाखोलाका वडा अध्यक्ष रामकृष्ण गुरुङले आफ्नो वडामा रहेका दलित, असाय, अपाङ्ग तथा अति बिपन्न वर्ग गरी करिब २ सय जनालाई केन्द्रको मार्गनिर्देशन भित्र रहेर प्रति परिवार १ प्याक चामल,१ के.जि. नुन,१ लिटर तेल,र१ के.जि. दाल राहत स्वरुप बितरण गरेको बताए । उनका अनुसार अझै पनि वडा भित्र कोही समस्या परेपछि अनुगमन गरि सिफारिसको आधारमा राहत दिने व्यवस्था समेत आफुले मिलाएको जानकारी दिए ।

 

 

वडा नम्बर ३ बाँसी :सबै भन्दा धेरै जनसंख्या रहेको वडा नम्बर ३ बाँसीका वडाका वडा अध्यक्ष हिरासिंह बडुवालका अनुसार आजमात्रै वडाका दलित,एकल महिला,अपाङ्ग,तथा अति विपन्न वगका गरि करिब १ सय जनालाई राहत वितरण गरिएको छ ।यस वडामा पनि प्रति परिवार २५ किलो चामल,१ लिटर तेल,१ किलो दाल र १ किलो नुन वितरण गरिएको छ । उनले भने राहत सामग्री नपुगेको हुदा केहिदिनमा करिब ३ सय जनालाई वितरण गर्ने देखिएको र त्यो केहिदिनमै वितरण गर्ने योजना छ ।साथै उनले यदि कोहि पनि जनता आफ्नो वडामा खान पाएको छैन भने वडामा आएर सिफारीस बनाएमा म तुरुन्त राहत उपब्ध गराउने छु ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest