दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, १५ जना घाइते

Tuesday, February 2nd, 2021

काठमाडौं :दोलखाबाट काठमाडौं आउदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । ।अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले बताए ।

दुर्घटना भएको क्षेत्र मुढेबाट ११ किलोमिटर अगाडि हो । हालसम्म कति घाइते भए भन्ने यकिन भइनसकेको उनले बताए । कम्तिमा १० जनालाई स्थानीय अस्पतालमा पुर्‍याइएको उनले जनाए ।मुढेस्थित चेकपोष्टमा उक्त बसमा १५ जना सवार रहेको टिपाइएको थियो । ‘ओरालो भएको ठाउँमा दुर्घटना भएको हो, कारण खुलिसकेको छैन,’ अधिकारीले भने ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest