दोस्रो काठमाडौँ अक्षरा इन्टनेसनल नाट्य पर्व – २०१८ आयाजना हुदैँ

Friday, May 25th, 2018


काठमाडौँ – अक्षरा स्कुलको आयोजनामा दोस्रो काठमाडौँ अक्षरा इन्टनेसनल नाट्य पर्व २०१८ आयाजना हुने भएको छ । नेपालका वरिष्ठ समालोचक, आख्यानकार, तथा नाककार प्रा.डा. अभि सुवेदीको आतिथ्यमा जेठ १२ गते देखी १५ गते सम्म अभिथिएटर,अक्षरा स्कुरलमा हुने भएको हो ।। बाल बालिकाको चौतर्फी विकासमा योगदान पुर्याउदै आएको स्कुल विद्यार्थीमा थप क्षमता अभिवृद्धि होस भन्ने लक्ष्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागेको हो । पढाई मात्र सबै कुरा होईन शारीरिक, मानसिक,शैक्षिक, सिर्जनात्मक तथा आत्मविश्वास जस्ता क्षमताको विकास नै आजको आवश्यकता हो भएको र यस्तै कार्यक्रमहरु विगतका वर्ष देखी नै आफुहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको विद्यालय स्रोतको भनाई रहेको छ ।

विद्यालयको स्थापनाको छोटो समयमा नै ख्याती कमाउन सफल विद्यालयले अभ्यास र व्यवहारमा बालबालिकहरुको प्रतिभा अन्र्तराष्ट्रिय स्तर सम्म पुग्न सफल भएको स्रोतको भनाई रहेको छ । विगतका वर्षमा कथा लेखन, संस्कृति आदान प्रदान कार्यक्रम जस्ता कार्यमा अन्र्तराष्ट्रिय स्तरमा विद्यार्थीका प्रतिभाहरु सार्वजनिक भईरहेकबाले यस पटक स्कुलकै आयोजनामा दोस्रो काठमाडौँ अक्षरा इन्टनेसनल नाट्य पर्व २०१८ को आयोजना गर्न लागेका हौ विद्यालयको प्रिन्सिपल अन्जु भट्टराईले भनिन् । फरक फरक प्रतिभा, संस्कार, संस्कृतिलाई एकै ठाँउमा अवलोकन गर्ने र गराउने यो पर्वको आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest